• नेपाल लोकस्टार सेकेण्ड रनरअप बिनोदले ल्याए ‘माया कहिले पुरानो हुँदैन’

    म्यूजिक खबर
    प्रकाशित: १४ आश्विन २०७७, बुधबार

    काठमाडौ । नेपाल लोकस्टार सेकेण्ड रनरअप बिनोद दनुवारको स्वरमा ‘माया कहिले पुरानो हुदैन’ बोलको गीत सार्बजनिक भएको छ । शब्द लय र स्वर आफ्नै रहेको यो गीत “बिनोद दनुवार अफिसियल” युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।

    पारीबारिक माया र बाध्यात्मक परिबेश अनि बिछोडको बियोगलाई छर्लङ्ग देखाउन खोजिएको यो गीतमा मोडल तथा गायिका शसिकला राईको साथ गायक आफै पनि अभिनयमा छन् । यस भिडियोलाई आशिष राईले निर्देशन गरेका हुन भने सम्पादन र छायांकन मनोज राईको रहेको छ साथमा दुर्गा बान्तावा राई साथ रहेको छ ।


    लोक स्टार का सेकेन्ड रनरअप विजेता समेत रहेका सुनुवार “गाईघाट बजार, आमाको माया, दुई एकान दुई, म हु गोर्खाली लाहुरे, बाचा कसम जस्ता गीतहरु सार्वजनिक गरिसकेका छन।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु