धुर्ब हिमालीको सपनामा रुने युवती सारबजनिक (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: १४ माघ २०७५, सोमबार

काठमाडौँ । जस्ले धोका दियो उसैको याद आइरहन्छ, हरपल हरक्षण, बिपनामा त् मलाइ धोका दियौ, छोडेर गयौ तर अझै सपनामा आउन छोडेनौ, किन आउछौ निष्ठुरी घरि घरि सपनामा आधा रातमा ? आउछौ र बिउझाएर रुवाएर जान्छौ । चर्चित गायिका बिष्णु माझि र अबिर नेपालीको आवाजमा रहेको यस्तै प्रेम वियोगबाट सजिएको गीत ”नआऊ मेरो सपनीमा” भर्खरै सार्बजनिक भयको छ ।

सुर्य कुमार परियारको लय, सुर्य कुमार परियार र अबिर नेपालीको शब्दमा तयार पारिएको गीतलाई हिम सम्झौता डिजिटलले बजार ब्यबस्थापन गरेको हो । यस गीतको म्युजिक भिडियोलाई पोखरा आसपासका निकै उत्कृस्ट दृश्य क्यामेरा र ड्रोन मार्फत कैद गरिएको छ । करन चैंसिरको सम्पादनमा तयार भएको यस गीतको म्युजिक भिडियोलाई मोडेल स्वयम् ध्रुब हिमाली निर्देशन गरेका छन् । अभिनयमा धुर्बलाई संचिता शाहीको पनि अभिनयमा साथ मिलेको छ । भिडियोलाई सम्पादन भने मनोज कार्कीले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु