‘छिरिङ’ मा २५ वर्षे पुरानो गीत बोल बोल पाखाहरु

म्यूजिक खबर
प्रकाशित: २१ असार २०७५, बिहीबार

२१ असार, काठमाडौं । कलाकार यशकुमारको पछिल्लो निर्देशन रहेको सिनेमा ‘छिरिङ ’को गीत सार्वजनिक भएको छ । २५ वर्ष पुरानो गीत बोल बोल पाखाहरु लाई रिमेक गरिएको गीतमा सुनिता थेम्मी र विन्दु परियारको आवाज रहेको छ ।
बुढासुब्बा म्युजिक डिजिटलबाट गत शनिबार सुटुक्क सार्वजनिक गरिएको गीतको विशेष गरी गायिकाको आवाजको प्रशंसा गरिएको छ । आशोज १२ गतेलाई आफ्नो प्रर्दशन मिति तोकेको सिनेमाले पहिलो गीत किन सुटुक्क रिलिज गरियो ? जवाफमा निर्देशक यशकुमार भन्छन् ः अहिले वल्र्डकपको महोल चलिरहेको छ । सबैजनाको ध्यान वल्र्डकपमा भएकोले पनि हामीले कार्यक्रम राख्न सकेनौँ । यद्यपी हामीले छिरिङ्को पहिलो कोशेली स्वरुप यो गीत सार्वजनिक गरेका छौँ ।’

सार्वजनिक गरिएको गीत त पुरानो सिनेमा ‘झुमा’ मा समावेश अम्बर गुरुङ, प्रकाश गुरुङको संगीत, दिनेश अधिकारीको शब्द एवम् गायिका सुक्मित गुरुङले गाएको गीत होइन ? फेरि कपिराइटको लफडामा पर्नुहोला ? स्विकृती लिएर नै राखिएको हो या के हो ? हाम्रो प्रश्नमा कलाकार तथा निर्देशक यशकुमार लामो हाँसो हास्दै भन्छन्:‘ बकाइदा हामीले स्विकृती लिएका छौँ ।

 

सम्बन्धित व्यक्ति र पक्षहरुसंग हाम्रो सम्झौता भएर नै राखेका हौँ ।’ गीतमा अपर मुस्ताङको मनोरम दृश्य समेटिएको छ भने बौद्ध धर्मावलम्बिहरुको संस्कारसंस्कृती झल्कने शैलीको भिडियो निर्माण भएको देखिन्छ । गीतमा नवनायिका कामना भुजेललाई फिचर गरिएको छ । सवीर श्रेष्ठ, यम थापा र यशकुमारको स्क्रिनप्ले रहेको छिरिङमा नायक यशकुमार, कामना भुजेलका साथमा गायक तथा कलाकार निमा रुम्बाको पनि अभिनय रहेको छ । छायांकन समेत गुपचुपमा सम्पन्न गरेको छिरिङ युनिटले अबको केही दिनमै भव्यकार्यक्रमको आयोजना गरेर पत्रकार भेटघाट गर्ने निर्देशक यशकुमारले बताए । बाटोमुनीको फूल जस्ता सफल सिनेमा निर्माण गरेका यशकुमारले छिरिङबाट निकै आशा गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु