नेपाल आईडल बिजेता बुद्ध लामाको “आफु भन्दा जेठी” सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: ९ आश्विन २०७६, बिहीबार

काठमाडौं । नेपाल आईडल बिजेता बुद्ध लामाको नयाँ गीत “आफु भन्दा जेठी” सार्वजनिक भएको छ । उक्त गीतमा मनोज सिग्देल (युरेश) को शब्द् र संगीतकार दिपक आर्जेको संगीत रहेको उक्त गीतमा गायक बुद्ध लामाको स्वर रहेको छ । उक्त गीतको भिडियोमा गीतकार सिग्देल र मोडल सम्पदा बानिया लाई फिचर गरिएको यस गीतका गीतकार सिग्देलको डेब्यु गीत हो। आजकल यस्तै खालेको माहोल छ ।

अहिलेको माहोललाई मैले गीत मार्फत उतारेको हु। मोडल तथा गीतकार मनोज सिग्देल उरेस । सियोन श्रेष्ठ र युद्ध लामाको कोरियोग्राफीमा तयार भएको यस गीतलाई चक्र बहादुर बराल (बाशु)ले छायांकन गरेका छन् भने सम्पादन बिनोद चौधरीले गरेका हुन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु