थुप्रै सदाबहार गीतका धनी लोकगायक बुद्धिकृष्ण लामिछानेको निधन ! बाल्मिकेश्वर आर्यघाट दाहसंस्कार गरियो

म्यूजिक खबर
प्रकाशित: १३ पुष २०७५, शुक्रबार

काठमाडौं । नेपाली गीत संगीत क्षेत्रमा ‘घाँस काट्ने खुर्केरु, ‘गाई त बाध्ने पातको दाम्लो’,‘पिँडिमा बसेर मेरै बाटो हेरेर जस्ता सदाबहार गीतहरु दिएका चर्चित लोकगायक बुद्धिकृष्ण लामिछानेको निधन भएको छ ।
६३ वर्षिय लोकगायक लामिछाने विगत ७ वर्षदेखि पक्षघात, मधुमेह र उक्त रक्तचाप रोगबाट पिडित थिए । उनको शुक्रवार निधन भएको हो ।

लोकगायक बुद्धिकृष्ण लामिछानेको निधन भएको छ। उनको शुक्रबार मध्याह्न ६३ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको हो।

लामिछानेको चाँगुनारायण नगरपालिका– ७ स्थित आफ्नै निवासमा निधन भएपछि उनको शवलाई दुई घण्टामात्र आफ्नै निवासमा राखिएको थियो । त्यसपछि अन्तिम संस्कारका लागि बागेश्वरीको बाल्मिकेश्वर आर्यघाटमा दाहसंस्कार गरियो ।

‘घाँस काट्ने खुर्केर, आयो जोवन हुर्केर’, ‘पिँढीमा बसेर मेरै बाटो हेरेर मेरी आमा रुँदी हुन् मलाई सम्झेर’, ‘फाटेको दौरा लाएर, खोले सिस्नु खाएर’जस्ता जीवन्त गीतका गायक लामिछानेको पछिल्लो समय निमोनियाको समस्याले समेत पीडित थिए।

उनका श्रीमती, दुई छोरा र तीन छोरी छन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु