• सांगीतिक बजारमा “चन्दु चन्दन”

    म्यूजिक खबर
    प्रकाशित: १९ श्रावण २०८०, शुक्रबार

    काठमाण्डौ । लोकप्रिय गायक तथा सर्जक सरोज ढकालले लोक दोहोरी गीत “चन्दु चन्दन” सार्बजनिक गरेका छन् । सरोज ढकालको भर्खरै सार्बजनिक भएको गीतलाई किरण गौतमले लेखेका हुन् भने लय ढकाल कै रहेको छ । सरोज ढकाल र शारदा रसाइली द्वारा स्वर बद्ध गीतमा एक युवती, अर्का युवाको रुपको मोहमा फसेको भाव समाबेश गरिएको छ । यस गीतको म्युजिक भिडियोमा राजु सापकोटा र आयुष्मा कार्कीको लोभ लाग्दो अभिनय देख्न सकिन्छ ।

    निरेन श्रेष्ठ द्वारा निर्देशित भिडियोलाई छायांकन कुमार के.सी ले गरेका हुन् भने सम्पादन बिष्णु खड्काले गरेका छन् । ढकालको यस गीतलाई सरोज ढकाल नामको युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु