नेपाली भेषभूषालाई माया गर्ने छानुको ‘मसिनो राम्रो’

म्यूजिक खबर
प्रकाशित: १० श्रावण २०७५, बिहीबार

१० साउन, काठमाडौं । गायिका छानु गुरुङ यतिखेर नेपाली भेषभूषालाई माया गर्दै ‘मसिनो राम्रो’ गीत लिएर आएकी छन् । वरिष्ठ गीतकार रत्नशमशेर थापाको शब्द रचनामा राजेश कुमार श्रेष्ठको संगीत रहेको गीत ‘मसिनो राम्रो’ मा छानुले आफ्नो स्वर भरेकी छन् ।

गायनको सुरुवातकै अवस्थामा रहेकी छानुले योभन्दा पहिला ‘झल्को’ नामक गीतिसंग्रह बजारमा ल्याएकी थिइन् । यो उनको दोस्रो आधुनिक गीत हो । यस गीतमा छानुले नेपाली भेषभूषालाई बचाउनुपर्छ भन्ने भावभित्र आफ्नो स्वरसँगै कभर भिडियो सार्वजनिक गरेकी छन् । गोरखाको घैरुङदेखि काठमाडौंसम्म गायिका बन्ने उद्देश्यसहित होमिएकी छानुले बजारमा ल्याएको यो गीत धेरैले मन पराइदिएका छन् । कभर भिडियोमा बैश्नवी र आँचलको अभिनय रहेको छ भने कमार दर्लामीले छायाँकन एवं सम्पादन गरेका छन् । उक्त गीतलाई म्यूजिक पार्क स्टुडियोले बजारमा ल्याएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु