गीतमार्फत् चित्लाङ चिनाउँदै देवेन्द्र नेपाल

म्यूजिक खबर
प्रकाशित: १६ मंसिर २०७७, मंगलवार

काठमाडौं । काठमाडौं नजिकैको पर्यटन गन्तव्य चित्लाङको चिनारीको रूपमा गीत सार्वजनिक भएको छ । चित्लाङ्गका युवा पर्यटन व्यवसायी देवेन्द्र नेपालको शब्द र संगीतमा तयार भएको गीतमा देवेन्द्र नेपाल र माण्डवी त्रिपाठीको संगीत रहेको छ । गीतको संगीत संयोजन भने विपिन आचार्यको रहेको छ ।

गीतको भिडियोमा चित्लाङको धार्मिक, साँस्कृतिक पक्षमा समेत गीत समेटिएको छ । त्यस्तै गाउँमै बसेर केही गरौं भन्ने भाव समेत गीतले दिएको छ । गीतमा देवेन्द्र नेपाल, मुना बस्नेत, प्रकृति नेपाल, काजी श्रेष्ठ लगायतको अभिनय रहेको छ ।

विगत १ दशकभन्दा बढी पर्यटन व्यवसायमा आबद्ध नेपाल गीत, संगीत क्षेत्रमा पनि कृयाशिल रहेका छन् । नेपाल चित्लाङको पर्यटन प्रवर्द्धन कृयाशिल छ । उनले फादर अफ चित्लाङको उपमा समेत पाईसकेमा छन् ।

उनका करिब एक दर्जन गीत बजारमा सार्वजनिक भैसकेका छन् । केही साता अघि मात्र नेपालकै निर्देशनमा ‘परदेशी आयो, कोशेली ल्यायो’ बोलको गीतको निर्देशन गरेका थिए । उक्त गीतमा अभिनेत विपिन कार्कीको अभिनय रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु