वीरेन्द्र पाठक र सुनिल मास्केको ‘खुशीको खुराक’

म्यूजिक खबर
प्रकाशित: १७ बैशाख २०७९, शनिबार

काठमाडौं । गीतकार वीरेन्द्र पाठकको एकल रचना एवं प्राज्ञ सुनिल मास्केको एकल संगीतमा तयार भएको गीतिसंग्रह ‘खुशीको खुराक’ सार्वजनिक भएको छ । इमेज एफएमबाट प्रत्यक्ष कार्यक्रम गर्दै ‘खुशीको कुराक’लाई गीतकार तथा संचारकर्मी नरेश भट्टराई, संचारकर्मी कृष्ण आचार्य, गीतकार तथा संचारकर्मी सुमन पण्डित सहित गीतकार पाठक र संगीतकार मास्केले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।

गीतिसंग्रह ‘खुशीको खुराक’मा ६ वटा गीतहरु समावेश भएका छन् । मन पर्ने मायालाई, खुशीको खुराक, कहिले मन प¥यो, आँधीबेहरीले उडायो, केश को¥या जस्ता गीतहरु समावेश गरिएको छ । जसमा गायिका मिलन नेवार, राज सिग्देल, विश्व नेपाली, शिव परियार, रचना रिमाल, सुरेश लामाको स्वर रहेको छ । गीतहरुलाई प्रदीप श्रेष्ठ, रिकेश गुरुङ र दिक्षित पौडेलले संगीत संयोजन गरेका छन् । गीतको अडियो मिक्सिङ मास्टरिङ किशोर थापाले गरेका हुन् । एल्बमलाई शुभकामना मिडिया सोलुशनले बजार व्यवस्थापन गरेको हो ।

गीतिलेखनमा चार दशक पार गरिसकेका गीतकार वीरेन्द्र पाठकको आधा दर्जनभन्दा बढी एल्बम बजारमा ल्याइसकेका गीतकार पाठकका एक सयभन्दा बढी गीतहरु रेकर्ड भइसकेका छन् । संगीतकार तथा प्राज्ञ सुनिल मास्केको यो एल्बम ११ औं एकल एल्बम हो । उनका सयौं गीतहरु बजारमा चर्चामा छन् । सांगीतिक यात्रामा तीन दशक पार गरिसकेका संगीतकार मास्केको ‘मैले रोजेको साइली तिमीलाई’ पचासको दशकमा चर्चामा रहेको गीत हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु