जुहार र पञ्चमणिमा एकैघरका दुई पुस्ता

म्यूजिक खबर
प्रकाशित: ९ आश्विन २०७५, मंगलवार

असोज ९, काठमाडौं । गीत तथा गजलकार रमेश सुवेदी, दामु मर्सिफुल र कविता उपाध्यायद्वारा रचित एवम् सङ्गीतकार सन्तोष श्रेष्ठद्वारा सङ्गीतवद्ध आधुनिक गीत गजलहरुको एल्बम जुहार तथा बाल उपन्यासकार अर्चितबाबु मर्सिफुलद्वारा लिखित पञ्चमणि उपन्यासको सार्वजनिक गरिएको छ । वरिष्ठकवि तुलसी दिवसको प्रमुख आतिथ्यतामा, उपन्यास समाज नेपालका अध्यक्ष शंकर भारती, गजलकार ज्ञानवाकर पौडेल, वरिष्ठसंगीतकार शक्तिबल्लभ लगायतका स्रष्टाले एल्वम सयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।

राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा गीत तथा गजलकार रमेश सुवेदी, दामु मर्सिफुल र कविता उपाध्यायका गीत तथा गजलहरुको संग्रह ‘जुहार’ सार्वजनिक भएको हो ।
एल्वममा रमेश सुवेदीका ‘अप्ठेरोमा नडराउ देशको माया गर्नेहरु’ बोलको राष्ट्रिय गीत तथा ‘दुनियाँले तेर्साएर हातै थाप्दो रहेछन्’ बोलेको गीत समावेश रहेका छन् । यस्तै दामु मर्सिफुलको ‘हजार जन्म जन्ममा समीप बन्न पाउँ म’ बोलको गजल तथा कविता उपाध्यायको ‘इश्वर साक्षि छन्’बोलको गीत समावेश गरिएको छ ।
एल्वममा गायक मनोजराज, बानिका प्रधान, श्रेयसी चेम्जोङ्ग, प्रकाश रेग्मी लगायतका गायक गायिकाको आवाज समावेश गरिएको छ । एल्वम सार्वजनिक कार्यक्रममा गायिका श्रेयसी तथा गायक प्रकाश रेग्मीले एल्वमभित्रका गीत गाएका थिए ।
यसैगरी त्यही परिवारभित्रका बालउपन्यासकार अर्चितबाबु मर्सिफुलद्वारा लिखित यो पञ्चमणि उपन्यास भने उनको पहिलो साहित्यिक कृति हो । सम्भवत १२ वर्षको कलिलै उमेरमा लेखिएको नेपालको यो पहिलो कृति हुनसक्ने भनी कार्यक्रमका समीक्षक तथा उपस्थित अतिथि स्रष्टाहरुले बताएका छन् ।

 


कार्यक्रममा प्रमुख अतिथि वरिष्ठकवि तुलसी दिवस लगाएतका अतिथि साहित्यसर्जकहरुले यी कृतिहरुको चर्चा एवम् लेखक स्रष्टाहरुको प्रशंसा गर्दै शुभेच्छा प्रकट गरेका थिए ।
कार्यक्रम राप्ती साहित्य परिषद् दाङ्, रापती समाज काठमाडौं तथा उपन्यास जमाज काठमाडौंले संयुक्तरुपमा आयोजना गरेका थिए । परिषद्का महासचिव तथा एल्बमका स्रष्टा रमेश सुवेदीको स्वागत मन्तव्यबाट सुरुभएको उक्त कार्यक्रममा अर्का स्रष्टा दामु मर्सिफुलले धन्यवाद ज्ञापन गरेका थिए भने सङ्गीतकार सन्तोष श्रेष्ठ, कविता उपाध्याय तथा बालस्रष्टा अर्चितबाबु मर्सिफुल लगाएतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा गायक प्रकाश रेग्मी तथा गायिका श्रेयसी चेम्जोङ्गले गीत गायर दर्शक स्रोतालाई भरपुर मनोरञ्जन भरेका थिए । उक्त विमोचन कार्यक्रमको सहजीकरण रापती समाज काठमाडौंका अध्यक्ष शशि शर्मा मजगैयाँले गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु