काठमाडौं । चेलीबेटी बेचबिखनबिरुद्ध बलात्कार जस्तो जघन्य अपराधलाई निरुत्साहित गर्नका लागि जनचेतनामुलक गीत आएको छ – दुख्यो आमा ऐया ऐया । सामाजिक जागरण एवम् अपराधलाई निरुत्साहित बनाउँदै गीतकामार्फत सचेतना जगाउन यसखाले गीत निर्माण गरिएको बताइएको छ ।
गीतलाई गायिका बेनिशा पौडेलले गाएकी छिन् भने दीपक शर्माको सङ्गीत रहेको छ । शब्द दीपिका भट्ट्ले लेखेकी हुन् भने मिक्सिङ, मास्टरिङ्ग एबम् एरेन्ज भने देबेश राईले गरेकाहुन । भिडियो छायाँकन रामशरण उप्रेतीले गरेका हुन् भने सम्पादन नहकुल खड्काको रहेको छ । भिडियोमा दीपिका भट्ट, गीता अधिकारी, सरु दाहाल, रेस्मा श्रेष्ठ, दीपक कोईराला, आरुश भण्डारी, सन्जु खत्रीलगायतका कलाकारले अभिनय गरेका छन् ।
दीपिका इन्टरटेन्टमेन्ट युट्युब च्यानलबाट रिलिज गरिएको गीतको शब्द निर्देशन एवम् अभिनय दीपिका भट्टकै रहेको छ । दुख्यो आमा ऐया ऐया बोलको यो गीतले सामाजिक जागरण ल्याउन मद्दत पुग्ने निर्देशक दीपिका भट्ट बताउँछिन् ।