देबि घर्ती र कृष्ण सुनारको स्वरमा “परदेशी माया” (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: १९ असार २०७६, बिहीबार

काठमाडौँ,गायिका देबि घर्ती मगर र गायक शेर कृष्ण सुनारको स्वर रहेको “परदेशी माया” बोलको गीत सार्वजनिक भएको छ । गीतमा शेर कृष्ण सुनार र सानु पिएमको शब्द र सुनारकै सङ्गीत रहेकोछ छ । दुर्गा बिरहीको निर्देशनमा रहेको भिडियोमा दिल माया गर्बुजाको अभिनय रहेको छ ।
गीतमा जिवन भोगाईका क्रममा बाध्यताले अर्काको देशमा पसिना बगाएको र आफ्नो जन्मभुमीको कुरालाई चित्रण गरिएको छ । गीतको भिडियोलाई आत्म विस्वाश फिल्मस् प्रालिको युटुबच्यानलबाट बजारमा सार्बजनिक गरिएको छ । भिडियोलाई गोपाल कुमार बि,सी, र कृष्ण श्रेष्ठकोछायांकन रहेको छ । भने दिनेस मुस्कानको सम्पादन रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु