‘धरान शहर’का स्रष्टाहरु सम्मानित

म्यूजिक खबर
प्रकाशित: १६ पुष २०७७, बिहीबार
dharan shahar

काठमाडौं । धरान र ‘धरान शहर’ बोलको रेकर्ड गरि म्युजिक भिडियो समेत निर्माण गरी धरान तथा यस वरपरका पर्यटकीय तथा धार्मिक स्थलहरुको प्रचार प्रसारमा थप मद्दत पु¥याएकोमा धरान सरोकार समाज, काठमाडौँले सम्मानित गरेको छ ।
‘धरान शहर’ बोलको गीतका गीतकार हर्क चुम्मे । संगीतकार जीवन भट्टराई र गायक ज्ञान सुब्बालाई धरान सरोकार समाज, काठमाडौँका अध्यक्ष प्रभु प्रसाद श्रेष्ठ र अतिथिहरु आन्तरिक पर्यटन पुनरुत्थान समिति प्रदेश नं. १’ को सह संयोजक बासुदेब बराल, सुनसरी उद्योग बाणिज्य संघका सदस्य तथा पर्यटन व्यवसायी एलिना मगर, धरान सङ्गीत प्रतिष्ठानका अध्यक्ष सुवर्ण श्रेष्ठ र समाजसेवी कृष्णप्रसाद श्रेष्ठले सम्मान पत्र र खादा लगाई सम्मानित गरेका थिए ।

कार्यक्रममा बोल्दै अतिथि बासुदेब बरालले धरानको पर्यटन प्रबद्र्धनमा यस गीतले उल्लेखनिय भूमिका खेल्ने बताउँदै भबिस्यमा अंग्रेजी सब टाइटल पनि गीतको भिडियोमा राख्न सुझाव दिए । समाजका अध्यक्ष प्रभु प्रसाद श्रेष्ठले धरान र यस वरपरका प्रमुख स्थलहरु सबै समेटेकोले एउटा उत्कृस्ट सृजना बनेको र यो गीत र म्युजिक भिडियो धरानको पर्यटनको प्रचार प्रसारको प्रमुख दस्तावेज बनेको बताए । कार्यक्रम संचालन नेमिता आङ्गबुहांगले गरेकी थिईन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु