माया गर्न ‘धर्म’ बदल्ने कलाकार हुन् प्रेम

म्यूजिक खबर
प्रकाशित: ३ आश्विन २०७६, शुक्रबार

काठमाडौं । पछिल्लो समय आफ्नो स्वार्थका लागि रंग परिवर्तन गर्नेहरुजस्तै धर्म परिवर्तन गर्ने पनि भेटिएका छन् । धेरैले आफ्नो अनुकुलता धर्म परिवर्तन गरेका छन् । यहाँ कलाकार प्रेम थापाले पनि आफ्नो अनुकुल प्रेमकै लागि ‘धर्म’ परिवर्तन गरेका छन् ।

लोकप्रिय गायक तथा सर्जक किरणबाबु पुनको नयाँ गीत ‘धर्म’मा कलाकार प्रेम थापाले धर्म परिवर्तन गरेका हुन् । धार्मिक द्वन्द्व बिचको मार्मिक प्रेमकथालाई निकै नै कलात्मक रुपमा प्रस्तुत गीतको म्यूजिक भिडियोमा कलाकार प्रेम थापाले आफ्नो अभिनय प्रस्तुत गरेका छन् । म्युजिक भिडियोमा प्रेम थापा र सगुन शाहीको जीवन्त अभिनय रहेको छ । भारतीय गायिका सञ्जिवनीको आवाज रहेको उक्त गीतलाई गायक पुनले नै शब्द तथा संगीत सिर्जना गरेका छन् ।

समाजमा चलिआएका जात धर्म वर्ग जेसुकै भए पनि मानवता नै सबैभन्दा ठुलो धर्म हो भन्ने मुल सन्देश रहेको छ । म्युजिक भिडियोको निर्देशन बरिष्ठ निर्देशक बाबुराजा के.सी. (उज्ज्वल) ले गरेका छन् । कृष्ण फिल्मस्ले बजारमा ल्याएको उक्त गीतमा मधुर बस्नेतको छायाङ्कन तथा नविन घर्ती मगरको सम्पादन रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु