• ध्रुव र मिनाले गाए देउडा, रोमान्स गरे सुक्मित र पुष्पले (भिडियो)

    म्यूजिक खबर
    प्रकाशित: २९ असार २०७५, शुक्रबार

    ३० असार, काठमाडौं । गायक ध्रुव बिस्को र गायिका मिना थापाले सुदूरपश्चिमको मौलिक भाका देउडा ‘डिट पडिजाउ भेट नहईजाउ’ बजारमा ल्याएका छन् । जुन भिडियोमा पुष्प खड्का र सुक्मित घिसिङले रोमान्स गरेका छन् ।

    पछिल्लो समय एक पछि अर्को चर्चित गीतहरु बजारमा ल्याएर चर्चा बटुल्दै गरेका गायक ध्रुव बिस्को र लोकदोहोरी गायनमा उचाइ लिँदै गरेकी गायिका मिना थापाको फरक प्रस्तुतिका रुपमा यो गीत बजारमा आएको हो ।

     

    संजय बिस्कोको शब्द गायक धुर्ब बिस्कोको आफ्नै संगीत रहेको यस गीतको म्युजिक भिडियोलाइ शिब बिकले निर्देशन गरेका छन् भने ज्ञानेन्द्र शर्माको छायांकन तथा निशान घिमिरेको सम्पादन रहेको छ । चर्चित मोडल तथा नायक पुष्प खड्का र नब मोडल सुक्मित घिसिङको अभिनय तथा नृत्य रहेको यस म्युजिक भिडियो समग्रमा उत्कृष्ट बनेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु