महेश, दिपक र बेनिशाको सांगीतिक ‘शुभकामना’

म्यूजिक खबर
प्रकाशित: १४ बैशाख २०७९, बुधबार

काठमाडौं । नयाँ वर्ष २०७९ लाइ लच्छित गरि गीतकार खेम प्रसाईंको नयाँ म्युजिक भिडिओ शुभकामना सार्वजनिक भएको छ । प्रसाईंको म्युजिक भिडिओमा राजनीति, प्रशासन, बालबालिका, युवा लगायत समग्र विषय र पेशालाई सम्बोधन गरिएको पाइन्छ ।

महेश खड्काको संयोजन र दिपक लिम्बु र बेनिशा पौडेलको स्वर रहेको यो गित नयाँ वर्ष २०७९ लाई लक्षित गरेर चैत्र २४ गते सार्वजनिक गरिएको हो । ‘हाँसी रहनु सधैंभरी फूलको त्यो कान्ति तिमीलाई, चम्किरहनु जूनसरी जूनको त्यो शीतल तिमीलाई’ कति सकरात्मक, कति सह्रदयी गीत छ यो ।

यस म्युजिक भिडियोले जतिसुकै पीडा, दुःख होस् जीवनमा, सब भूलेर त्यो ओठ खोल्नु र मुसुक्क मुस्कुराउनु भनेको छ । यो गीतमा कतैपनि सफल हुनु, टन्न पैसा कमाउनु भनिएको पाइन्न । मानौं यो गीतद्वारा भन्न खोजिँदै छ, जीवनको सबैभन्दा ठूलो सफलता र धन नै हाँसो हो । मन पवित्र हुनु, ‘शीर उच्च राख्ननू’ सत्कर्ममा जीवन बिताउनू रदृढ भई अघि बढ्नु, नै जीवन बाँच्नु हो । यो गीतले जीवन मात्र हैन, राजनीति, शिक्षा, विज्ञान जस्ता समाजका हरेक क्षेत्र र वर्गलाई समेटेको पाइन्छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु