दिपेन्द्र गुरुङको कौरा गीत ‘लाउँकी पिरती’

म्यूजिक खबर
प्रकाशित: २० चैत्र २०७७, शुक्रबार
lauki pirati

काठमाडौं । गायक दिपेन्द्र गुरुङको पछिल्लो समयको कौरा गीत हो ‘लाउँकी पिरती’ सार्वजनिक भएको हो । गणेश गुरुङ, दिपेन्द्र गुरुङ निता गुरुङ र भीमु गुरुङको स्वरमा रहेको गीत ‘लाउँकी पिरती’मा सहगायनको रुपमा तेजेन्द्र दुरा, शित्तल दूरा, कल्पना गुरुङ, शान्ति गुरुङ, पूजना गुरुङ, तृष्णा गुरुङको रहेको छ । गणेश गुरुङको शब्द एवम् दिपेन्द्र गुरुङको संगीत संकलन रहेको छ ।


आनन्द गुरुङ, दिपेन्द्र गुरुङ, पुनम गुरुङ र आस्था गुरुङको अभिनय रहेको यस गीतमा दुर्गा गुरुङ, निरुता गुरुङ, मनिता गुरुङ, डोल्मा गुरुङ, अलिशा गुरुङ र अनिता गुरुङको नृत्य रहेको छ । खेम थापा मगरको छायाँकन रहेको यस म्यूजिक भिडियोलाई मेख थापाको रहेको छ । रोधी डिजिटलद्वारा निर्माण भएको यस गीतको म्यूजिक भिडियोलाई प्रितम गुरुङले निर्देशन गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु