पोखामा सापटी र घिरौंलेले मर्नेगरी हँसाए (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: २४ पुष २०७५, मंगलवार

पोखरामा रहेका कलाकारहरुको सूचीमा दिवाकर भण्डारीको नाम अग्रस्थानमा आउँछ । बिभिन्न फिल्मस्, टेलिश्रृङ्खला तथा बिज्ञापनमा खेलिसकेका भण्डारी पछिल्लो समय चर्चित हाँस्य टेलिश्रृङ्खला मेरी बास्सैमा ब्यस्त छन् । मेरी बास्सैमा उनको भूमीका सापटीको रहेको छ । उनले आफैले लेखेको र निर्देशन गरेको हाँस्य श्रृङ्खला ल खतम.. गण्डकी प्रदेशकै उत्कृष्ट मानिएको फेवा टेलिभिजनबाट प्रशारण भईरहको छ ।
बिभिन्न मेला महोत्सवमा पनि उनका प्रस्तुती देख्न सकिन्छ । देशका बिभिन्न ठाउँहरुमा समेत पुगेर उनले आफ्नो हास्य प्रहसन गरिसेका छन् भने समय अभावका कारण माग गरिएका धेरै ठाउँमा जान नसकिएको बताए । केन्द्रीय टेलिभिजनबाट आउने मेरी बास्सैमा काम गरेता पनि उनले आफ्नो जन्मभूमी पोखरा छाडेका छैनन् । सुटिङका लागी उनी राजधानी जान्छन् तर सकिएपछि फर्किन्छन् ।
मेला महोत्सवमा सापटी घिरौंलेको साथमा देखा पर्छन् । उनलाई स्टेजमा साथ दिएका छन् मेरी बास्सैका अर्का कलाकार लेखान्त भूषाल (घिरौलें) । दर्शकहरुलाई पेट मिचि–मिचि हसाउँन माहिर यो सापटी र घिरौलेको जोडी पछिल्लो समय दर्शक तथा आयोजकको रोजाईमा परेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु