• गायक दिवस गौत्तम को आवाजमा ‘ बुढी हराई ’ (भिडियो सहित)

    म्यूजिक खबर
    प्रकाशित: १६ पुष २०७५, सोमबार

    काठमान्डाँै , पुुस १५
    जेशिका इन्टरटेन्मेन्टको प्रस्तुतीमा निकै मार्मिक सन्देशमुलक लोकदोहोरी गीत गायक दिवस गौत्तम र गायिका लिला सुवेदीको आवाजमा ‘ बुढी हराई ’ गीतको भिडियो सार्वजनिक भएको छ ।
    दिवस गौत्तमको शब्द तथा लय सिर्जनामा गीत तयार पारिएको छ । गीतमा हजारौ परदेश गएका युवाको कथालाई समेटिएको छ । पराईको देशमा पसिना बगाइरहेको अवस्थामा आफनी प्राण प्यारीले अरुलाई नै लिएर बेपत्ता पर्दाको अवस्थामा हुने सत्य भोगाईलाई गीतमा समेटिएको छ ।
    जनक अधिकारीको छायाँकन , मिन प्रकाश ओलीको सम्पादन तथा निर्देशनमा भिडियो तयार पारिएको छ । ‘ बुढी हराई ’ गीतको भिडियोमा दिवस गौत्तम, संगिता , र मधु भटटको अभिनय रहेको छ ।
    ‘ बुढी हराई ’ गीतको भिडीयो हेर्नुहोस

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु