• संगितकार डि.आर अटुको नयाँ गजल पत्थर झैँ रहेछ तिम्रो मुटु युट्युबमा सार्वजनिक(भिडियो सहित)

    म्यूजिक खबर
    प्रकाशित: १२ फाल्गुन २०७५, आईतवार

    अमृता भण्डारी , काठमान्डौँ ।
    नेपाली गायन क्षेत्रमा निकै रुचाइएका संगीतकार डि आर अटुको संगीत सिर्जनामा द भ्वाइसका विजेता गायक सिडि विजय अधिकारी को आवाजमा सजिएको “पत्थर झैं रैछ तिम्रो मुटु “ लिरिकल भिडियो बजारमा सार्वजनिक भएको छ ।
    आफनी प्रेमीकाले विच बाटोमा नै छोडेर गएपछि मनमा उब्जने पिडालाई गीतमा समेटिएको छ । राज बान्तवाको गीतमा शब्द सिर्जना रहेको छ । पत्थर झै रहेछ तिम्रो मुटु गीतमा प्रेम पछिको विछोडलाई समेटिएको छ । उत्कृष्ट गजलमा प्रेमका रागहरु भेट्न सकिन्छ । गीतको एरेन्ज विष्णु अधिकारी ले गरेका छन । लिरिकल भिडियोको सम्पादन दिपेन्द्र भट्टराईले गरेका हुन । । गीतलाई लुम्बिनि क्रिएसन च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

    “पत्थर झैं रैछ तिम्रो मुटु“ गजलको हेर्नुहोस भिडियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु