• डा.कृष्णहरि बराल, बीबी अनुरागी र शोभा पाण्डेको ‘सरर सरर सरर’

    म्यूजिक खबर
    प्रकाशित: २२ श्रावण २०७७, बिहीबार

    काठमाडौं । नेपाली महिलाहरुको महान चाड तिज नजिकिँदै गर्दा तिजका गीतहरु बजारमा आउने क्रम पनि एकपछि अर्को लाइनमा लागेको छ । तिजका गीतहरु सार्वजनिक हुँदै गर्दा गायिका शोभा पाण्डेले पनि नयाँ गीत सार्वजनिक गरेकी छन् ‘सरर सरर सरर’ । वरिष्ठ गीतकार डा.कृष्णहरि बरालको शब्द सिर्जना एवं संगीतकार बीबी अनुरागीको संगीत सिर्जनामा गायिका पाण्डेको स्वरमा गीत सार्वजनिक भएको हो । म्यूजिक नेपालको यूट्यूबमार्फत सार्वजनिक गरिएको हो ।

    उक्त गीतको म्यूजिक भिडियोमा गिनिज बुक अफ वल्र्ड रेकर्ड कायम गरेकी नृत्याङ्गना बन्दना नेपाल र करिश्मा सिंह ठकुरीको नृत्य रहेको छ । शंकर बिसीको निर्देशन रहेको म्यूजिक भिडियोलाई दुर्गा पौडेलले खिचेका हुन् भने नवीन घर्तीमगरले सम्पादन गरेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु