
काठमाडौँ : दुर्गेश थापा कहिले गोलीको गीत कहिले होलीको गीत गाउदै । ‘ह्याप्पी होली’ सार्वजनिक – पछिल्लो समय निकै लोकप्रियता कमाएका दुर्गेशले आफ्नै युट्युब च्यानलबाट होली बिषेश गीत ‘ह्याप्पी होली’ सार्वजनिक गरेका हुन् ।
यस गीतमा दुर्गेशको स्वर रहेको छ भने दुर्गेशका साथमा लक्ष्मी मल्लले स्वर भरेकी छन् । शब्द दुर्गेश थापाले नै लेखेका हुन् । जसमा दुर्गेश थापाकै संगीत रहको छ भने एचबिएन किस्मतले संगीत संयोजन गरेका छन् । गीतको भिडियोलाई निर्देशक क्रान्ती केसीले निर्देशन गरेका छन् ।
जसमा मोडल दुर्गेश थापा, बिमल अधिकारी, ओबी रायमाझी, चिरञ्जीवी सापकोटा, खगेन्द्र बिष्ट, संगीतकार श्रीकृष्ण बम मल्ल, महिला मोडल रञ्जु सुनाम, जशोदा कार्की, प्रचि लामा लगायतको नृत्य तथा अभिनय रहेको छ । अजय रेग्मीको सिनेमाटोग्राफ रहेको यस ‘ह्याप्पी होली’ गीतलाई क्रान्ती केसीले सम्पादन गरेका हुन् ।