काठमाडौं । सांगीतिक बृत्तमा मात्र चर्चित र युट्युवमा भिडियो हेर्ने धेरैले चिनेको सुनेको नाम दुर्गेश थापा । चिनेको सुनेको नाम यो अर्थमा भन्न सकिन्छ कि ट्रेण्डिङमा परेसँगै सिर्जनाले एक किसीमको तरङ्ग नै उत्पन्न गराउने गरेको पाइन्छ । कुनै कलाकारलाई चर्चित, विवादीत र लोकप्रिय एकसाथ भन्न मिल्छ भने उनी हुुन् दुर्गेश थापा । चर्चित यसकारण भन्न सकिन्छ कि उनले सिर्जना गरेका हरेक सिर्जना चर्चाको केन्द्रबिन्दुमा रहने गरेका छन् । विवादित पनि त्यस्तै त्यस्तै हो । सबैलाई थाहा छ –उनका सिर्जना प्राय विवादमा आउने गरेका छन् । तर तिनै दुर्गेश जति चर्चित र विवादित छन् त्यो भन्दा बढी लोकप्रिय पनि छन् । जसको प्रमाणको रुपमा उनले सार्वजनिक गरेका गीतको भिउजलाई मान्न सकिन्छ । उनले सार्वजनिक गर्ने हरेक भिडियो ट्रेण्डिङमा पर्न सफल भएका छन् । यद्यपी भिउजलाई नै लोकप्रियताको आधार मान्न त सकिन्न । तर लोकले गरेका कमेन्टलाई विश्वास गर्नु पक्का पनि नाजायन नहोला ।
केहि समय अघि दुर्गेशको ‘बिच्च बिच्चमा ४-ख्यास्स पुतली’ मार्फत उनको विवाद भयो । गीत सार्वजनिक भएसँगै महिला अधिारकर्मी तथा महिलासँग संस्थाहरुले आपत्ती जनाउँदै लोकदोहोरी गीत प्रतिष्ठानको ध्यानाकर्षण गराए । तीजको मर्म विपरीत र गीतले कला संस्कृतीमाथी प्रहार गरेको भन्दै प्रतिष्ठानले संंस्थागत कारबाहीका लागि अघि बढ्यो ।
तर दुर्गेश आतिएनन् । उनले बिच्च बिच्चमा ५ सार्वजनिक गरे । गीत सार्वजनिक भएको १३ घण्टामै ट्रेण्डिङ नं. ९ मा आयो । ४ दिन अगाडि सार्वजनिक भएको गीतले यो समाचार तयार पारिरहँदा ३ नंं ट्रेण्डिङमा रहन सफल भएको छ भने १३ लाख बढी भ्यूज पाएको छ । ६ हजारा ६ सय बढीले प्रतिक्रिया दिएका छन् । अधिकांश कमेन्टमा दुर्गेशको तारिफ गरिएको छ । गीतले उल्लेख्य दर्शक श्रोता पाउनु कन्ट्रोभर्सी पनि हुन सक्ला । तर युट्युवमा प्राप्त दुर्गेशको पक्षमा लेखिएका कमेण्टलाई आधार मान्दा दुर्गेश वास्तवमै लोकप्रिय पनि हुन् भन्न सकिन्छ ।
गीतमा स्वर दुर्गेश थापा र बसन्त थापाको रहेको छ भने गीतको शब्द दुर्गेशले नै लेखेका हुन्। यसमा संगीत पनि उनकै रहेको छ। गीतको भिडियोलाई काजिस श्रेष्ठले निर्देशन गरेका छन्। ‘बिच्च बिच्चमा ५’ मा पल शाह र दुर्गेशसँगै बालकलाकार जेभिन, जेभिस (ट्विन्स), आयुषी ढकाल र साइमोन कोनाजुको अभिनय रहेको छ।