• फ्रान्स र स्पेनमा संस्कृति मार्फत नेपाललाई चिनाउँदै फक्र्यो एभरेष्ट नेपाल कल्चरल ग्रुप

    म्यूजिक खबर
    प्रकाशित: २० भाद्र २०८१, बिहीबार

    काठमाडौं । सांस्कृतिक आदान-प्रदान गर्दै नेपाललाई बिश्वसामु परिचित गराउदै आइरहेको “एभरेष्ट नेपाल कल्चरल ग्रुपले” फ्रान्सको क्यासत्रेस (Castres), सैन्त गिरोन्स (Saint Girons), सैन्त जुलिएन (Saint Julien), विक सुर केरे (Vic Sur Cere), तथा डक्स (Dax), लगाएतका शहरहरुमा र स्पेनको लेस प्रेसेस (Les Preses), तथा वार्सीलोना (Barcelona) मा आयोजित अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलामा नेपालको तर्फबाट गौरबमय प्रस्तुति दिएर फर्किएको छ | भिभिन्न शहरमा नेपाल सहित बिश्वका ४५ भिभिन्न देशका २००० भन्दा बढी कलाकारहरुले भाग लिएको थिए, मेला फ्रान्सका भिभिन्न शहरहरुमा अगस्ट ३ तारिक देखी १८ तारिक सम्ममा र स्पेनमा अगस्ट १९ तारिक देखी अगस्ट ३१ तारिक सम्म चलेको थियो।

    एभरेष्ट नेपाल कल्चरल ग्रुपका प्रमुख आर.सी. कोर्इराला ‘रामचन्द्र’ को नेतृत्वमा गएको थियो । ग्रुपका निर्देशक सीतल आचार्य ‘सिता’ को निर्देशनमा गएको टोलीको नृत्य निर्देशन बरिस्ठ नृत्य निर्देशक जोगेन्द्र के. सी. ले गएका थिए । टोलीले नेपालको परम्परागत लोक संस्कृति झल्काउने नृत्य प्रस्तुत गरेको थियो्र उक्त मेलामा नेपालको तर्फबाट झ्याउरे, तामाङ, मारुनि, थाली, सतार, धिमाल, शेब्रु, काल भैरब, बज्रपानी, लाखे, यती, सोरठीका साथै दर्जनौ नृत्यहरु प्रदर्शन गरिएको थियो ।

    मेलामा ग्रुपका प्रमुख आर.सी. कोइराला ‘रामचन्द्र’, निर्देशक सितल आचार्य ‘सिता’, बरिष्ठ नृत्य निर्देशक जोगेन्द्र के. सी., बरिष्ठ वाद्यवादक धनेश्वर तिवारी, बरिष्ठ गायक रामप्रसाद पाण्डे, सपना महर्जन, उत्तम शर्मा, प्रमिला रिजाल, सुदन मान मुनिकार, कृष्ण रसाल, चुडामणी फुयाँल, शर्मिला तामाङ, चाहाना राना मगर, अनिशा श्रेष्ठ, रमेश प्रशाद पौडेल डिपी कोइराला, ग्रुपका प्रबक्ता प्रदीप तिमील्सिना तथा बाल कलाकार सिराज कोइरालाले भाग लिएका थिए।

    करिब एक महिनासम्म बिभिन्न शहरमा आयोजना भएको मेलामा एभरेष्ट नेपाल कल्चरल ग्रुपका कलाकारहरुले बिशेष गरेर वरिष्ठ नृत्य निर्देशक जोगेन्द्र के.सी.ले ३ बर्ष देखि ७० बर्ष सम्मका महानुभाबहरुलाई नृत्य सिकाएका थिए ।

    फ्रान्सको डक्स शहरमा भएको सांस्कृतिक झांकीमा ४० हजार भन्दा बढी दर्शकले नेपालको झांकीलाई उत्कृष्ट भनेका थिए । झांकीमा यती र लाखे सँग तस्बिर लिन तछाड मछाडनै भएको थियो । त्यती मात्र कहाँ हो र बाल कलाकार (१९ महिने) सिराज कोइरालाको नमस्ते सहितको अभिवादनले ४० हजार दर्शक मोहित भएका थिए । आयोजकहरुको सामाजिक सन्जालभरि बाल कलाकार सिराज कोइराला छाएका थिए।

    सोहि अवसरमा ग्रुपका निर्देशक सितल आचार्य ‘सीता’ ले दुबै देशका सम्बन्धित नगरपालिका प्रमुख, उपस्थित सम्पूर्ण महानुभाब तथा आयोजकलाई भेटेर नेपालमा सांस्कृतिक पर्यटन प्रबद्र्धन गर्न सकिने बारे र भविष्यमा यस सम्बन्धि बिशेष कार्यक्रम सरकारी तथा गैर सरकारी निकायहरुको सहयोगमा गर्न सकिने बताइन् । त्यस्तै प्रवक्ता प्रदीप तिमील्सिनाले दुबै देशका कला पारखीहरु जस्ले मेला अवधीभर नेपाली नृत्य सिक्ने र बुज्ने अवसर प्राप्त गरेको जानकारी गराए ।

    कतिपय राष्ट्रका नागरिकलाई नेपाल कहाँ पर्छ, सगरमाथा (एभरेष्ट) को नाम सुनेका छन तर कहाँ छ थाहा छैन । गौतम बुद्ध कहाँ जन्मेसम्म थाहा छैन । नेपाल र नेपालीको प्रतिनिधित्व गर्दै नेपाली संस्कृति मार्फत विस्वभर राजदुतको काम गर्ने कलाकार तथा संस्थालाई राज्यले बेवास्ता गरेको हुँदा दुःख लाग्छ, अध्यक्ष कोईरालाले भने । कला संस्कृतिलाई प्रबर्द्धन तथा सम्बर्द्धन गर्ने कलाकार राष्ट्रको सम्पत्ति हुन भन्ने कुरा राज्यले बुज्नु जरुर छ भन्छन उनले भने ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु