• बेल्जियममा नेपालको प्रस्तुतीसँगै राष्ट्रिय झन्डा फरर

    म्यूजिक खबर
    प्रकाशित: ७ भाद्र २०७५, बिहीबार
     
    भाद्र ७, काठमाडौं । चन्द्र सुर्य अंकित नेपालको राष्ट्रिय झन्डाका साथमा दौरा सुरुवाल ढाका टोपी साथै गुन्यु चोलीमा सजिएर कलाकार टोली स्टेजमा उक्लन्छन तब दशौ हजार दर्शकको तालिको गडगडाहटबाट सम्मान पाउदा नेपाली हुनुमा गौरबवनित महसुस गर्दछन, यो दृश्य हालै बेल्जियममा सम्पन्न अन्तर्राष्ट्रिय लोक सास्कृतिक मेला २०१८ को हो ।
    बेल्जियमको पर्यटकिय शहर नामुरमा अगस्ट १७ देखी २१ सम्म सम्पन्न  भएको 58th International Folklore Festival मा एभरेष्ट नेपाल कल्चरल ग्रुपले गौरबमय प्रदर्शन गरी नेपाल फर्केको छ।
    बेल्जियममा आयोजित मेलाको सम्पूर्ण प्रचार-प्रसार सामाग्रीमा नेपाली कलाकार र नेपाली मौलिक्तालाई प्राथमिकताका साथ प्रचार-प्रसार गरिएको थियो।
     
    अन्तरराष्ट्रिय लोक सस्कृतिक मेलामा नेपाल सहित बेल्जियम, जोर्जिया, इटली, कोलम्बिया, इजिप्ट, केन्याको सास्कृतिक समुहले भागलिएको त्यस मेलामा नेपालको तर्फबाट एभरेष्ट नेपाल कल्चरल ग्रुपले भाग लिएको थियो र ग्रुपका प्रमुख रामचन्द्र कोइरालाको नेतृत्व तथा ग्रुपका निर्देशक द्वय सीतल आचार्य र मिरज कोइरालाको निर्देशानमा  गएको थियो। टोलिले मेला अबधिभर नेपालको परम्परागत लोक सस्कृति झल्काउने प्रस्तुती प्रस्तुत गरेको थियो ।
    सो अन्तर्राष्ट्रिय मेलमा ग्रुपले झ्यऊरे, तमाङ, झोडा, सतार, शेब्रु, धिमाल, यती, सोरठीका साथै दर्जनौ नृत्यहरु प्रदर्शन गरियको थियो।
    मेलामा ग्रुपका प्रमुख रामचन्द्र कोइरालाका साथै निर्देशकहरु सीतल आचार्य, मिराज कोइराला नृत्यतर्फ रुपिन डङ्गोल, भवनी कोइराला, उदिराम खड्का, राजु गिरी, प्रमिल रिजाल, अनिता अधिकारि, गौरी ढकाल कोइराला, सुमित्र तमाङ, तथा बाद्यबादन तथा गायक गायिका तर्फ बरिस्ठ बसुरीबादक राम बहादुर भुजेल, बरिस्ठ वाध्यबादक धनेस्वोर तिवारी, बरिस्ठ लोक गाएक चन्द्र शर्मा, गायिका रिता बुढाथोकी भुजेल, गायक अर्जुन सुनाम सहभागि भएका थिए।
     
    सोही अबसरमा एभरेष्ट नेपाल कल्चरल ग्रुपका निर्देशकद्वय सीतल आचार्य (सिता) तथा मिराज कोइरालाले नामुरका गवर्नर तथा नगरपालिका प्रमुखका साथै उपस्थित सम्पूर्ण महानुभाब तथा कार्यक्रम आयोजकहरुसँग भेटी नेपालमा सास्कृतिक पर्यटन प्रबर्दन गर्न सकिने बारे र भबिश्यमा यस सम्बन्धी बिशेष कार्यक्रम सरकारी तथा गैरसरकारी निकायहरुको सहयोगमा गर्न सकिने बताउनु भयो।
    कतीपय राष्ट्रका नागरिकलाई नेपाल कहाँ पर्छ, सगरमाथा (एभरेष्ट) को नाम सुनेका छन तर कहाँ छ थाहा छैन, गौतम बुद्ध कहाँ जन्मे सम्म थाहा छैन, नेपाल र नेपालीको प्रतिनिधित्व गर्दै नेपाली सस्कृति मार्फत बिस्व भर राजदुत को काम गर्ने कलाकार तथा सस्थालाई राज्यले बेवस्ता सम्मान गर्नु पर्दछ।  कला सस्कृतिलाई प्रबर्दन तथा सम्बर्धन गर्ने कलाकार राष्ट्रको सम्पत्ति हुन भन्ने कुरा राज्यले बुज्नु जरुर छ।
    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु