• नेकमा सकियो प्रवेश परीक्षा

    म्यूजिक खबर
    प्रकाशित: २ भाद्र २०८१, आईतवार

    काठमाडौं । नेपाल इन्जिनियरिङ कलेज दुवाकोट चाँंगुनारायण भक्तपुरमा शनिबार प्रवेश परीक्षा भएको छ । दस जोड दुई (प्लस टु) उतीर्ण गरेका अन्डरग्राजुयट विद्यार्थीलाई कलेजमा स्नातक तहका इन्जिनियरिङ विभिन्न विधामा भर्ना हुन चाहने विद्यार्थीका लागि प्रवेश परीक्षा भएको हो ।

    प्रवेश परीक्षा सफलतापूर्वक सम्पन्न भएको कलेजका प्राचार्य एसोसिएट प्रोफेसर दुर्गाप्रसाद भण्डारीले जनाए । छोटो समयको अन्तरालमा विभिन्न समस्याका बाबजुद् पनि प्रवेश परीक्षामा उत्साहजनक रुपमा विद्यार्थी सहभागी भएको जानकारी उनले गराए ।

    कलेजमा स्नातक तहमा विभिन्न विधामा गरी कुल चार सय ८० जनाको सिट क्षमता रहेको छ । स्नातक तहमा सिभिल, सिभिल एण्ड रुरल, कम्प्युटर, इलेक्टोनिक्स एण्ड कम्युनिकेशन, इलेक्टोनिक्स एण्ड इलेक्टिकल, सिभिल फर डिप्लोमा होल्डर्सका इन्जिनियरिङका स्नातक तहमा यहाँं पढाई हुन्छ ।

    नाफा नलिने उद्देश्यका साथ भक्तपुरको चाँंगुनरायण नगरपालिका दुवाकोट भक्तपुरमा सञ्चालित यो कलेज स्थापना भएको तीस वर्ष भएको छ । इन्जिनियरिङमा पुल्चोकपछि दोश्रो उत्कृष्ट कलेजको रुपमा यसले शिक्षा प्रदान गरिरह्ेको छ । कलेज पोखरा विश्वविद्यालयबाट सञ्चालित छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु