परिमार्जनसहित आयो फास्ट फास्ट कल्पना (भिडियो)

म्यूजिक खबर
प्रकाशित: २० असार २०७५, बुधबार

२० असार, काठमाडौं । छोटो समयमा जनमानसमा सर्बाधिक चर्चित हुन सफल गीत ‘फास्ट(फास्ट’ (कल्पना) को भाका थप परिमार्जनका साथ पुनः डश म्युजिक नेपालकै यूट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ। केही प्राबिधिक कारणबस यूट्युबबाट हटाईएको यो गीतको पुनः परिमार्जन गरी अपलोड गरिएको हो । छोटो समयमा नै ट्रेन्डिङमा परेर चर्चा बटुलेको यो गीतलाई गायक शंकर थापा ‘स्माईल’ र गायिका सुमी चाम्लिङ राईको स्वरमा भरिएको यो गीतमा ब्यस्त यूवा गीतकार डि.पी. खनालको शब्द रचना रहेको छ भने प्रतिभाशाली संगीतकार शंकर थापा स्माईलको संगीत र सर्बाधिक चर्चित संगीत संयोजक उदयराज पौडेलको संगीत संयोजन रहेको छ।

अहिलेकी चर्चित नायिका तथा नेपालमा प्रसारित रियालेटी सो “बुगिवूगी” की निर्णायक प्रियंका कार्की र भारतिय टेलिभिजन सो डिआईडी बाट आफुलाई चिनाउन सफल कोरियोग्राफर तथा निर्देशक सुनिल क्षेत्रीको साथमा उनको डान्स ग्रुप “नेपाली ठिटोज” को धमाकेदार नृत्य तथा अभिनय रहेको भिडियोलाई अनिल कुमार मानन्धर ले खिचेका छन् भने भिडियोलाई सम्पादन बिकाश ज्ञवालीले गरेका छन्। सुनिल क्षेत्रीकै कोरियोग्राफी र निर्देशन रहेको यस गितको अडियो भिडियो डश म्युजिक नेपाल र चाम्लिङ ईन्टेरटेईन्मेन्टको सहकार्यमा प्रस्तुत गरिएको हो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु