• ‘चलचित्रमा नारी–महिला चलचित्र महोत्सव’मा करिश्मा मानन्धरसहित ७ नारीलाई सम्मान

    म्यूजिक खबर
    प्रकाशित: २३ फाल्गुन २०८१, शुक्रबार

    काठमाडौँ । ११५ औं महिला दिवसको अवसर पारेर ‘चलचित्रमा नारी’ नारासहित चलचित्र विकास बोर्डले आयोजना गरेको ‘महिला चलचित्र महोत्सव’ मा ७ नारीलाई सम्मान अर्पण गर्दै समापन गरिएको छ । वरिष्ठ सामाजिक अभियन्ता अनुराधा कोईरालाको प्रमुख आतिथ्यतामा सात जना महिला चलचित्रकर्मीलाई सम्मान प्रदान गरिएको हो ।
    ११५ औं महिला दिवसको अवसर पारेर चलचित्र बिकास बोर्ड महिला सशक्तिकरण समितिको संयोजनमा भएको ‘‘महिला चलचित्र महोत्सव’’मंगलबारबाट सुरु भई विहीबार समापन गरिएको हो ।

    ११५ औं महिला दिवसको अवसर पारेर चलचित्र बिकास बोर्डअन्तर्गत अभिनेत्री केकी अधिकारीको संयोजकत्वमा रहेको महिला चलचित्रकर्मी सशक्तीकरण समितिले ‘‘चलचित्रमा नारी–महिला चलचित्र महोत्सव’ कार्यक्रमको संयोजन गरेको थियो ।
    चलचित्रकर्मी सशक्तीकरण समितिको संयोजकमा अभिनेत्री केकी अधिकारी रहेकी छन् ।

    कार्यक्रममा अभिनेत्री करिश्मा मानन्धर, रश्मी भट्ट, शोभा श्रेष्ठ (श्रृंगारक), गीता अधिकारी (चलचित्र पत्रकार), सरिता साह (कलाकार तथा निर्देशक), पशुपति राई (अभिनेत्री) र थिन्ले ल्हामो (अभिनेत्री) सम्मानित भएका थिए ।
    महोत्सवको उद्घाटन काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले गरेकी थिइन् । उद्घाटनको दिनमा ४२ बर्ष पुरानो चलचित्र ‘‘सिन्दूर’’ प्रदर्शन गरिएको थियो । महोत्सवको दोस्रो दिन ९ वटा छोटा चलचित्र प्रदर्शन गरिएको थियो भने महिलाद्वारा निर्मित तथा महिलामाथि बनेका चलचित्र प्रदर्शन र ‘चलचित्रमा नारी’ बिषयक संवादमा अभिनेत्री रेखा थापा, स्वस्तिमा खड्काले आफ्नो धारणा राखेका थिए । महोत्सवको अन्तिम दिन महिलाप्रधान नाटक ‘दृश्य परिदृश्य’ मञ्चनसँगै सम्मान तथा कदर पत्र प्रदान गर्दै समापन गरिएको थियो ।
    कार्यक्रममा ललितकला कलेजका विद्यार्थीले ‘सिन्दुर’ चलचित्रका महिला चलचित्रकर्मीको बनाएको स्केच सम्बन्धित कलाकारलाई हस्तान्तरण गरिएको थियो ।

    +


    महोत्सवले महिला चलचित्रकर्मीलाई अगाडि बढ्न प्रेरणा र हौसला मिलेको चलचित्र बिकास बोर्डका अध्यक्ष दिनेश डिसीले बताए । अध्यक्ष डिसीले ४२ वर्षअगाडिको ‘सिन्दूर’ चलचित्रदेखि चलचित्रमा महिला सशक्तिकरणको अभियान सुरु भएको बताउँदै चलचित्रमा नारी प्रधान विषयलाई अगाडि लैजान सबैलाई अनुरोध गरे ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु