गण्डकी प्रज्ञा प्रतिष्ठानको गठन, कुलपतिमा साहित्यकार सूर्य खड्का

म्यूजिक खबर
प्रकाशित: २१ बैशाख २०७८, मंगलवार

कास्की । गण्डकी प्रदेश सरकारले गण्डकी प्रज्ञा प्रतिष्ठानको गठन गरेको छ । प्रतिष्ठानको कुलपतिमा साहित्यकार सूर्य खड्का ‘बिखर्ची’लाई नियुक्त गरिएको छ भने उपकुलपतिमा चलचित्रकर्मी गोरे गुरुङ नियुक्त भएका छन् । त्यस्तै सदस्य सचिवमा नाट्यकर्मी मनकुमार श्रेष्ठलाई नियुक्त गरेको छ ।
त्यसैगरी प्रज्ञा परिषद सदस्यमा गायक सुरेन्द्र गुरुङ, भाषा विज्ञ कृष्ण प्रसाद पौडेल, संस्कृतिकर्मी डिल कुमारी पौडेल, साहित्यकार देवकी आचार्यलाई नियुक्त गरेको छ ।

त्यस्तै प्रज्ञा सभा सदस्यमा गायिका सरला पाण्डे, गायक शंकर विरही गुरुङ, गायक संगीतकार जयकुमार परियार, गायक गमबहादुर गुरुङ, गायक तारापति सुवेदी, बल बहादुर वि.क., राजबहादुर गुरुङ, एन्जिला गौचन, केवी टन्डन, जसमाया गुरुङ, देउ कुमारी महतो थारु, इतु जोजिजू, माओत्से गुरुङ, लोकबहादुर थापा, केयरसिंह गुरुङ, पवित्रा घिमिरे रहेका छन् ।
गीत, संगीत, नाट्य, चलचित्र, साहित्य, भाषा संस्कृति, ललितकला सबै विधालाई समेटेर गण्डकी प्रज्ञा प्रतिष्ठानको गठन भएको गण्डकी सरकारले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु