गणेश गुरुङको मौलिक कौडा गीत ‘तल्लो ग्याझा गावै रमाइलो’

म्यूजिक खबर
प्रकाशित: २३ फाल्गुन २०७५, बिहीबार

काठमाडौं । गायक गणेश गुरुङले आफ्नो जन्मभूमिको सेरोफेरोलाई समेटेर निर्माण गरेको कौडा गीत ‘तल्लो ग्याझा गावै रमाइलो’ सार्वजनिक गरेका छन् । गोरखा जिल्लाको मनकामना आफैंमा गौरवमय इतिहास बोकेको ठाउँ हो त्यही सेरोफेरोभित्रको ग्याझा गाउँको परिचयसहित तयार पारिएको गाउँ चिनारी ‘तल्लो ग्याझा गावै रमाइलो’ मौलिक कौडा गीत गणेश गुरुङको आफ्नै यूट्यूबमार्फत सार्वजनिक गरिएको हो । यस गीतमा शब्द तथा लय गणेश गुरुङको नै रहेको छ ।

यस गीतमा आफूलाई कौडा किङ भनेर चिनाउँदै आएका गायक गणेश गुरुङसँगै तमु कलाकार संघका अध्यक्ष तथा गायक राजु गुरुङ, बिक्रम गुरुङ, चन्द्र गुरुङ, तेजेन्द्र दुरा, भिमु गुरुङ र नीता गुरुङको स्वर रहेको छ । गीतको म्युजिक भिडियोतर्फ निर्देशक दिप गुरुङ र सह–निर्देशक हेमा गुरुङको निर्देशन भिडियो निर्माण भएको छ ।

 

गीतको भिडियोमा बिनित, लक्ष्मि, बबिता, पार्वती, सञ्जु, दिपक, मोहन र सन्तोषको नृत्य तथा शशक्त अभिनय रहेको छ । पवन वाङको संगीत संयोजन रहेको ‘तल्लो ग्याझा गावै रमाइलो’ गीतमा सर्जक तथा गायक गुरुङ आफैंले खैचडी बजाएका छन् । उक्त मौलिक गीतको म्युजिक भिडियोलाई खेम थापाले छायांकन गरेका हुन् भने विष्णु शर्माले सम्पादन गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु