कोरोनाको कारण स¥यो गणेश गुरुङ एकल साँझ

म्यूजिक खबर
प्रकाशित: १७ माघ २०७८, सोमबार

‘कौडा किङ’का रुपमा परिचित गायक गणेश गुरुङको आगामी माघ २३ गते राजधानीमा हुने भनिएको ‘गणेश गुरुङ एकल साँझ’ को मिति सरेको छ । कोरोनाको कारणले गर्दा सार्वजनिक सभा सम्मेलन गर्न नपाउने भन्दै हलहरु बन्द भएपछि एकल साँझ सरेको छ भने कहिले हुन्छ भन्ने मिति भने तय भइनसकेको अवस्था छ । हलहरु नखुलेसम्म यही मितिमा एकल साँझ गर्ने भन्ने निश्चित भएको छैन गायक गणेश गुरुङले म्यूजिक खबरलाई बताए ।
ग्रामीण पर्यटन व्यवस्थापन समिति, घलेगाउँ लमजुङको आयोजनामा हुन लागेको एकल साँझमा गायक गणेशले डेढ दर्जनभन्दा बढी आफ्ना सिर्जनाहरु प्रत्यक्ष वाद्यवादनमा सुनाउने छन् ।

२०५८ सालबाट मनकामना केवलकारमा चोक गीतबाट सांगीतिक यात्रा सुरु गरेका गायक गुरुङका ‘ल्वाङ सुपारी’, ‘सल्ला धुपैले’, ‘गोगन पानीमा’, ‘सुनको औठी’, ‘दाइ त मेरो लाहुर जाने’, ‘गोरखा मनकामना’, ‘गोरखा डाँडा’, ‘सिरानचोक’, ‘गाउँ चिनारी’गीत लगायत तीन सयभन्दा बढी गीतहरु बजारमा आइसकेका छन् । उनका चार दर्जनभन्दा बढी कौडा, सालैजो गीतहरु बजारमा छन् । उनले २५ भन्दा बढी गुरुङ फिल्ममा गायन, संगीत र अभिनय गरिसकेका छन् ।

लोक, आधुनिक र फिल्म गायनको क्षेत्रमा दुई दशकदेखि सक्रिय रहँदै आएका गायक गणेशको एकल साँझ गर्न पाउनु आफूहरुका लागि खुशीको अवसर रहेको आयोजक संस्थाका अध्यक्ष प्रेम घलेले बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु