संगीतकार सुनिल मास्केलाई पृतिशोक

म्यूजिक खबर
प्रकाशित: ६ मंसिर २०७७, शनिबार

काठमाडौं । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ, संगीतकार संघ नेपालका वरिष्ठ उपाध्यक्ष, गोरखा सांस्कृतिक समाजका सल्लाहकार संगीतकार तथा गायक सुनिल मास्केलाई पृतिशोक परेको छ । संगीतकार मास्केका पिता घनश्याम मास्केको ग्राण्डी हस्पिटलमा शनिबार निधन भएको थियो । स्वर्गीय मास्केको पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिएको थियो ।
गोरखा उद्योग बाणिज्य संघका संस्थापक कोषाध्यक्ष समेत स्वर्गीय मास्के समाजसेवी तथा व्यवसायी हुन् । मास्केका छोराहरु संगीतकार सुनिल मास्के, संजीब मास्के, अनुप मास्के एबम छोरी एस्तिका मास्के हुन् ।
म्यूजिक खबर परिवार समाजसेवी तथा व्यवसायी घनस्याम मास्केप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु