
काठमाडौं । संगीतकार गोपाल गुराँस ‘थापा’को ५८ वर्षको उमेरमा निधन भएको छ । २०१७ सालमा भारतको कालिङपोङमा जन्मिनु भएका गोपाल गुराँस बिगत एक दशकदेखि चाबहिल गणेश मन्दिर र गोपिकृष्णको शिव मन्दिरमा भजनको सांगीतिक कर्म थलो बनाउँदै एक्लो जीवन बिताइरहनुभएको थियो । २०३६ सालमा नारायण गोपाल र गोपाल योञ्जन भेट भएदेखि नै सांगीतिक अभियानमा सहकार्य गर्नुभएको थियो । नारायण गोपाल, गोपाल योञ्जन, रत्नदास प्रकाशजस्ता अग्रजहरुको छत्रछायाँमा हुर्किनुभएका गोपाल गुराँसले २०४७ सालमा आफ्नो स्वरमा ‘यो यात्रा यो यात्री’ बोलको गीत गाउनुभएको थियो । तर योभन्दा पहिला २०४२ सालमा नै उहाँको संगीतमा रेडियो नेपालमा ‘असारे महिना पानी प¥यो रुझाउने’ रेकर्ड भएको थियो ।
स्व.तुलसी गजमेरको शब्दमा रहेको उक्त गीतमा रेडियोले बजाउँदा संगीतमा अर्कैको नाम राखिदिएपछि उहाँ दुखित हुनुभएका थियो । उहाँले पटकपटक सच्याइदिन आग्रह गर्दा पनि सुनुवाई नभएको गुनासो २०६४ सालमा उहाँसँगको कुराकानीमा गर्नुभएको थियो । रेडियो नेपालमा एक दर्जनभन्दा बढी गीत रेकर्ड गराएका गोपाल गुराँसले डेढसयभन्दा बढी गीतमा संगीत भरेका छन् । ‘भावनाको सागर’ उहाँको पहिलो एल्बम हो । उहाँसँग संगीतको शिक्षा लिने धेरै विद्यार्थीहरु छन् । लामो समय पशुपतिमा भजन गाउनुभयो त्यसपछि चाबहिल गणेशस्थान र गोपीकृष्णको शिव मन्दिरमा भजन गाउँदै आउनुभएको थियो ।
गुराँसले संगीत गरेको गीत असारे महिना