• गायक हरिराम परियारले गरे यात्रुलाई सहयोग

    म्यूजिक खबर
    प्रकाशित: ३० चैत्र २०७६, आईतवार
    Hari Ram Pariyar

    काठमाडौं । काठमाडौंदेखि कालिकोट, दाङ, सर्लाही, प्यूठानसम्म जानका लागि पैदल हिंडिरहेका केही युवाहरुलाई देखेपछि गायक हरिराम परियारको मनमा कौतुहलता जाग्यो । उनी पनि काठमाडौंदेखि जन्मघर गोरखासम्मको यात्रामा गइरहेका थिए । यात्राको क्रममा काठमाडौंको गर्जुधारामा भेटिएका काठमाडौंदेखि कालिकोट, दाङ, सर्लाही, प्यूठानतर्फ जाँदै गरेका युवाहरुलाई देखेर उनले कुराकानी गरे । कुराकानीपछि उनले आपत विपतमा परेका ती युवाहरुलाई केही थान माक्स र खाजाको बन्दोबस्त गरिदिए । केही समय उनीहरु बाटोमा नै अडिए । गायक परियरासँगै थिए संचारकर्मी कविराज ढकाल पनि । सामान बोकेर आउने ट्रकहरु फर्किने क्रममा उनीहरुलाई पठाउन सकिन्छ कि भन्ने गायक परियारका मनमा थियो । त्यसपछि गायक परियारले ट्रकलाई रोकेर ती युवाहरुलाई काठमाडौंदेखि कालिकोट, दाङ, सर्लाही, प्यूठानसम्म जानका लागि सहज बनाइदिए । त्यसपछि उनीहरु राजमार्गमा आपत, विपतमा परेर यात्रा गरिरहेकाहरुलाई सकेको सहयोग गर्दै गोरखातर्फ प्रस्थान गरेका थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु