
रेडियो नेपालका प्रसिद्ध समाचार वाचक माइकल चन्द (हरिश चन्द)को निधन भएको छ।
क्यान्सर रोगबाट पीडित ७७ वर्षीय चन्दको शुक्रबार बिहान निधन भएको हो। पारिवारीक निकटका अनुसार काठमाडौँको मेट्रो अस्पतालमा उपचारका क्रममा निधन भएको हो । लामो समय रेडियो नेपालमा काम गरेका चन्द अंग्रेजी समाचार वाचकका रुपमा प्रसिद्ध थिए। त्यस्तै जर्मनी भाषा प्रशिक्षकका रुपमा समेत ३ दशक काम गरे ।
उनी नेपालको पहिलो अभिनेत्री भुवन चन्दका श्रीमान हुन्। चन्द दम्पतीका तीन छोरीहरू सीला, शीतल र सीरुष छन्। दुई छोरी अमेरिका बस्दै आएका छन् भने एक छोरी नेलामै छिन्। अमेरिकाबाट दुई छोरी आएपछि आइतबार अन्यष्टि गरिने छ ।
म्यूजिक खबर परिवारको तर्फबाट स्व. माइकल चन्द ज्यूप्रति भावपुर्ण श्रद्धाञ्जली, शोकको यस घडिमा प्रथम अभिनेत्री भुवन चन्द, छोरीहरु र परिवारमा गहिरो समवेदना प्रकट गर्दछौं ।