सस्कृतिक आदन–प्रदान बाट नेपाल लाई बिस्व सामु परीचित गराउँदै

म्यूजिक खबर
प्रकाशित: ६ श्रावण २०७५, आईतवार

७ साउन, काठमाडौं । चन्द्र सुर्य अंकित नेपालको राष्ट्रिय झन्डाका साथमा दौरा सुरुवाल ढाका टोपी साथै गुन्यु चोलीमा सजिएर कलाकार टोली स्टेजमा उक्लन्छन तब दशौ हजार दर्शकको तालिको गडगडाहटबाट सम्मान पाउदा नेपाली हुनुमा गौरबवनित महसुस गर्दछन, यो दृश्य हालै पोल्यान्ड र टर्की मा सम्पन्न अन्तर्राष्ट्रिय लोक सास्कृतिक मेला २०१८ को हो ।

पोल्यान्डको दुई छुट्टा छुट्टै लेग्निचा र क्रिनिचा शहरमा जुन २७ देखी जुलाई १३ सम्म सम्पन्न भएको International Folklore Festival “Świat pod Kyczera” साथै टर्कीको चनाकालेमा जुलाई १८ देखी जुलाई २३ सम्म सम्पन्न भएको International folk Dance Festival एभरेष्ट नेपाल कल्चरल ग्रुपले गौरबमय प्रदर्शन गरी नेपाल फर्केको छ।

पोल्यान्डमा सम्पन्न अन्तरराष्ट्रिय लोक सस्कृतिक मेलामा १२ राष्ट्रको १५ टोली सहभागिता रहेको थियो भने टर्कीमा सम्पन्न अन्तरराष्ट्रिय लोक सास्कृतिक मेलामा १६ राष्ट्र बाट २२ सास्कृतिक समुहले भागलिएको त्यस मेलामा नेपालको तर्फबाट एभरेष्ट नेपाल कल्चरल ग्रुपले भाग लिएको थियो र ग्रुपका प्रमुख रामचन्द्र कोइरालाको सम्योजन तथा ग्रुपका निर्देशकहरु सीतल आचार्य ९सिता० र मिरज कोइरालाको निर्देशानमा गएको थियो। टोलिले मेला अबधिभर नेपालको परम्परागत लोक सस्कृति झल्काउने प्रस्तुती प्रस्तुत गरेको थियो ।

 

सो अन्तर्राष्ट्रिय मेलमा ग्रुपले झ्यऊरे, तमाङ, झोडा, सतार, शेब्रु, धिमल सोरठीका साथै दर्जनौ नृत्यहरु प्रदर्शन गरियको थियो।

मेलामा ग्रुपका प्रमुख रामचन्द्र कोइरालाका साथै निर्देशकहरु सीतल आचार्य (सिता), मिराज कोइराला नृत्यतर्फ रुपिन डङ्गोल, शम्भु शाही, उदिराम खड्का, बिधान कोइराला, प्रमिल रिजाल, अनिता अधिकारि, अनिश राना मगर, निसा राना मगर, पुर्नी माया बजगाइ तथा बाद्यबादन तथा गायक गायिका तर्फ बरिस्ठ बसुरीबादक राम बहादुर भुजेल, गायक राम प्रशाद पाण्डे, बरिस्ठ वाध्यबादक धनेस्वोर तिवारी, गायिका रिता बुढाथोकी भुजेल, डेक प्रशाद अधिकारि (गोपाल), प्रदीप गुरुङ, फोटोग्राफएर नारायण राज सत्यलले गर्नु भएको थियो। मेलामा सहभागि कलाकारहरुलाई नृत्यहरु सम्योजन उदिराम खड्का र शम्भु शाहीले गर्नु भयको थियो भने संगीत सम्योजन बरिस्ठ बसुरीबादक राम बहादुर भुजेल गर्नु भएको थियो।

 

सोही अबसरमा एभरेष्ट नेपाल कल्चरल ग्रुपका निर्देशकद्वय सीतल आचार्य (सिता) तथा मिराज कोइरालाले पोल्यान्ड र टर्कीका बिभिन्न शहरका नगरपालिका प्रमुख तथा उपस्थित सम्पूर्ण महानुभाब तथा कार्यक्रम आयोजकहरुसँग भेटी नेपालमा सास्कृतिक पर्यटन प्रबर्दन गर्न सकिने बारे र भबिश्यमा यस सम्बन्धी बिशेष कार्यक्रम सरकारी तथा गैरसरकारी निकायहरुको सहयोगमा गर्न सकिने बताउनु भयो।

कतीपय राष्ट्रका नागरिकलाई नेपाल कहाँ पर्छ, सगरमाथा (एभरेष्ट) को नाम सुनेका छन तर कहाँ छ थाहा छैन, गौतम बुद्ध कहाँ जन्मे सम्म थाहा छैन, नेपाल र नेपालीको प्रतिनिधित्व गर्दै नेपाली सस्कृति मार्फत बिस्व भर राजदुत को काम गर्ने कलाकार तथा संस्थालाई राज्यले बेवस्ता गरेको हुँदा दुःख लाग्छ। कला सस्कृतिलाई प्रबर्दन तथा सम्बर्धन गर्ने कलाकार राष्ट्रको सम्पत्ति हुन भन्ने कुरा राज्यले बुझ्नु जरुरी छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु