कला क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै जगतमर्दनलाई सम्मान

म्यूजिक खबर
प्रकाशित: १० कार्तिक २०७५, शनिबार

काठमाडौं । वरिष्ठ गायक, गीतकार एवं संगीतकार जगतमर्दन थापालाई काठमाडौं महानगरपालिका वडा नं. ३ ले सम्मान गरेको छ । महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको प्रमुख आतिथ्यतामा उनलाई सम्मान गरेको हो । कला क्षेत्रमा ६ दशकदेखि अविचलित रुपमा निरन्तर नेपाली गीतसंगीत क्षेत्रमा योगदान पु¥याएको हुँदा आफ्नो वडाको गौरव उच्च रहेको बताउँदै का.म.पा. वडा नं. ३ ले वरिष्ठ गायक थापालाई सम्मान गरेको वडाअध्यक्ष दिपक केसीले बताए । ८३ वर्षको उमेरमा पनि गायक थापा निरन्तर गायनमा क्रियाशील रहेका छन् । केहीसमय अघि मात्र गायक थापाले बलिउडकी वरिष्ठ गायिका उषा मंगेशकरसँग गाएको गीतको एल्बम ‘म पतझड तिमी मधुमास’ सार्वजनिक गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु