• एलओडीमा जमैकन अमेरिकी डीजे वाल्सी फायर र उनको समुहले प्रस्तुती दिने

    म्यूजिक खबर
    प्रकाशित: ७ फाल्गुन २०८०, सोमबार

    काठमाडौं । अमेरिकी दूतावासको सहकार्यमा ठमेलस्थित एलओडी क्लबमा जमैकन–अमेरिकी डीजे वाल्सी फायरले प्रस्तुति दिने भएका छन् । आउँदो बुधबार उनले सो क्लबमा प्रस्तुति दिन लागेका हुन् ।

    वाल्सी फायर डीजे मेजर लेजर समूहका एक सदस्य हुन् । उनी जमैकन–अमेरिकी डीजे, एमसी र रेकर्ड निर्माता समेत हुन् । उनको समूह डीजे डिप्लो र एप ड्रम्सको साथमा रहनेछ । क्लबका निर्देशक रविन श्रेष्ठले वाल्सी फायरको कार्यक्रम राति ११ बजेदेखि सुरु हुने जानकारी दिए ।

    कार्यक्रममा सहभागी हुन चाहनेले ई–सेवाबाट एक हजार रुपैयाँको टिकट लिनुपर्नेछ । कार्यक्रम सुरु हुनुअगाडि क्लबमा प्रवेश गरेर दर्शकले मनोरञ्जन गर्न सक्नेछन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु