• गीतकार जानकी पन्थको तीज गीत ‘मै काट्छु बुढाका कुरा’मा समाजको यथार्थ चित्रण

    म्यूजिक खबर
    प्रकाशित: २८ श्रावण २०८१, सोमबार

    काठमाडौं । गीतकार तथा संगीतकार जानकी पन्थको तीज गीत ‘मै काट्छु बुढाका कुरा’ बजारमा आएको छ । जानकी पन्थको शब्द तथा संगीतमा तयार भएको ‘मै काट्छु बुढाका कुरा’ मा शान्तिश्री परियार, उदय अधिकारी, बिन्दु बिसी र भीम बहादुर पौडेलको स्वर रहेको छ । गीतको संगीत संयोजन राकेश सोनीको रहेको छ ।

    ‘मै काट्छु बुढाका कुरा’ भिडियोमा समीर सुवेदी तथा सन्ध्या घतानी मुख्य भूमिकामा छन् । भिडियोमा कल्पना खत्री, भिम पौडेल, हृदय र आदित्यको पनि अभिनय रहेको छ । यो भिडियोलाई आर दुलालले छायाँकन गरेका हुन् भने विष्णु खड्काले सम्पादन गरेका छन् । भिडियोको निर्देशन सुरेश काफ्लेले गरेका छन् । भिडियो म्यूजिक नेपालको यूट्यूब च्यानलबाट सार्वजनिक भएको हो ।

    ‘मै काट्छु बुढाका कुरा’ मा प्रविधिको दुरुपयोगले श्रीमान् श्रीमतीको सम्बन्धमा आउन सक्ने फाटोलाई यथार्थ रुपमा प्रस्तुत गरिएको छ । गीतले समसामयिक हुनुको साथै समाजको यथार्थ चित्रण पनि गरेको छ । हरेक तीज गीतमा रमाइलो पाराले केही सन्देश दिन खोज्ने पन्थ यो पाली पनि चुकेकी छैनन् । गीतकार पन्थका यसअघि ओए बुढा, तम्घासबाट हिडेको गाडि, पल्लाघरे लाहुरेले लान्छ अरे बाइ, बबाल तीज लगायतका तीज गीत बजारमा आएका छन् । त्यस्तै वाचा त गरे, बोल न केही, रोकिन लाग्यो सास मेरो प्रिया, लगायतका आधुनिक गीत गजल, हल्ला चल्छ चलिरहन देउ, यो मायामा रुन नपरोस्, डाडावारि जुन भयो त डाडाँपारी घाम लगायतका लोकदोहोरी गीतहरु सार्वजनिक भइसकेका छन् । अघिल्लो वर्ष पनि गीतकार पन्थको तीज गीत “अब त चाहियो काठमाडौंमा घर” बजारमा आएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु