• ‘दिलको माझै माझ’ भन्दै जानकी र खेम

    म्यूजिक खबर
    प्रकाशित: १७ माघ २०७६, शुक्रबार

    काठमाडौं । नेपाली लोकगायनका क्षेत्रमा लोकप्रिय र अलग पहिचान बनाउन सफल गायिका हुन् –जानकी तारमी मगर । उनले थुप्रै मौलिक र समय सान्दर्भिक गीतमा आवाज भरेर चर्चा र लोकप्रियता कमाएकी छिन् । जानकी देश तथा विदेशमा हुने विभिन्न मेला महोत्सवमा पनि उतिकै व्यस्त रहन्छिन् ।
    केहि महिना अघि गायक एवं संगीतकार खेम सेन्चुरीसँगको सहकार्यमा छप्पै माया लै लै बोलको तीज गीत ल्याएकी थिइन् । उक्त गीतको सहकार्यलाई दर्शक श्रोताले रुचाइदिएका जानकी र खेम पुनः यतिबेला नयाँ गीत लिएर आएका छन् । ‘दिलको माझै माझ’बोलको गीतलाई जानकीले प्रस्तुत गरेकी हुन् । नेत्र अर्यालको शब्द रहेको यो गीतमा संगीत खेम सेन्चुरीको रहेको छ । गायनमा गायिका जानकीलाई खेम सेन्चुरीले साथ दिएका छन् । राग स्टुडियोमा रेकर्ड भएको गीतमा विशाल निरौलाको संगीत संयोजन रहेको छ ।

    गीतको सुन्दर म्यूजिक भिडियो निर्माण समेत गरेकी जानकीले यहि गीतको म्यूजिक भिडियोमा खेमसँगै कम्मर मर्काएकी छिन् । शिब विकले निर्देशन गरेको यो गीतको म्युजिक भिडियोलाई अजय रेग्मीले खिचेका हुन् भने गीतको म्यूजिक भिडियो प्रविण भट्टले सम्पादन गरेका हुन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु