• जनकपुरमा साहित्य–कला एवं अन्तर्राष्ट्रिय नाट्य महोत्सव हुँदै

    म्यूजिक खबर
    प्रकाशित: १५ माघ २०७५, मंगलवार

    काठमाडौं । मैथिली कला संस्कृतिको मुख्य थलोका रुपमा परिचित जनकपुरधाममा ‘साहित्य–कला एवं अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७५’ आयोजना हुने भएको छ । उक्त महोत्सव मैथिली विकास कोषले आयोजना गर्न लागेको हो ।

    आउँदो फागुन १८ गतेदेखि २३ गतेसम्म साताव्यापी रुपमा महोत्सव आयोजना हुने कोषका अध्यक्ष जिवनाथ चौधरीले बताए । साहित्यिक गतिविधि र नाट्य कला मञ्चनले सधैं गुल्जार रहने जनकपुरको उक्त महोत्सवमा नेपाल र भारतका मैथिली कला–साहित्यका पारखीहरुको उपस्थिति रहने आयोजक संस्थाले जनाएको छ । कार्यक्रममा विभिन्न नाटक प्रदर्शन, गीतसंगीत र साहित्यमाथि विमर्श हुने जनाइएको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु