कुबेर, लक्ष्मण र रमेशलाई ‘पत्रकारिता सम्मान–२०२०’

म्यूजिक खबर
प्रकाशित: २० आश्विन २०७८, बुधबार

काठमाडौंँ । रंग पत्रकारत्रय कुबेर गिरी, लक्ष्मण सुवेदी र रमेश बस्नेत ‘पत्रकारिता सम्मान–२०२०’ बाट सम्मानित भएका छन् । ‘नेपालको शान, संगीतको पहिचान भन्ने मूल नारा’का साथ सोमबार साँझ चन्द्रागिरी हिल्स रिसोर्टमा आयोजित नेपाल ‘बेष्ट म्युजिक अवार्ड–२०२१’ अवार्डमा गिरी र सुवेदी नगद सहित सम्मानित भएका हुन् ।

कार्यक्रममा पत्रकार गिरीलाई नेपाल बेष्ट म्युजिक अवार्ड ‘पत्रकारिता सम्मान–२०२०’ अनलाइन र सुवेदीले नेपाल बेष्ट म्युजिक अवार्ड ‘पत्रकारिता सम्मान–२०२०’ छापा तर्फको पुरस्कार प्राप्त गरे ।

सोही कार्यक्रममा पत्रकार रमेश बस्नेतले ‘पत्रकारिता सम्मान–२०२०’ रेडियो प्राप्त गरेका थिए ।

कार्यक्रममा सम्मानित सबै पत्रकारलाई चलचित्र विकास बोर्ड अध्यक्ष दयाराम दाहाल, चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरि, उद्योग बाणिज्य संघका उपाध्यक्ष चन्द्र ढकाल, कलाकार निर्देशक कृष्ण मल्ल, अभिनेत्री शर्मिला मल्ल, कलाकार संघका अध्यक्ष रबिन्द्र खड्का, पुर्व बोर्ड अध्यक्ष राज कुमार राई, निर्देशक मिलन चाम्स लगायतले खादा, दोसल्ला तथा सम्मान पत्र प्रदान गरेका थिए ।

गिरी बिगत दुई दशकदेखि पत्रकारितामा क्रियासिल रहेका छन् । २०५८ बाट चण्डेश्वरी प्रकाशनको प्रभातकालीन दैनिकबाट पत्रकारिता सुरु गरेका गिरीले थुप्रै साप्ताहिक, समाचारपत्र, हिमालयन टाइम्स दैनिक, सौर्य दैनिक, बिभिन्न अनलाई, एफएम, नेपाल टेलिभिजनको राष्ट्रिय प्रसारको समाचारबाट प्रसार हुने ‘चलचित्र समाचार’ समेत काम गरिसकेका छन् ।

पछिल्लो समय लोकप्रिय अनलाइन रातोपाटीमा सिनियर रिपोटरको रुपमका कार्यरत गिरी मिस्टर नेपाल, रनवे मोडल, फेसन आइकन, मोडल हन्ट लगायत थुप्रै सौन्दर्य प्रतियोगिता र चलचित्रको पनि मिडिया कोअडिनेटर रुपमा काम गर्दै आएका छन् । गिरी बेलाबेलामा बिभिन्न सम्मानबाट समेत सम्मानित हुँदै आएका छन् ।

त्यस्तै, करिव दुई दशकदेखि रंग पत्रकारितामा क्रियासिल सुवेदीसँग बिभिन्न साप्ताहिक, मासिक हुँदै नयाँ पत्रिका दैनिकमा समेत लामो समय काम गरेको अनुभव रहेको सुवेदी बिभिन्न फिल्मका मिडिया संयोजक पनि हुन् । उनले थुप्रै पुरस्कार अवार्डबाट पनि सम्मानित भएका छन् ।

यस्तै रमेश बस्नेत पनि रेडियोमा लामो समयदेखि क्रियासिल रहदै आएका छन् ।

समारोहमा ३६ विधामा अवार्ड बाँडिएको थियो । नेपाली गीत संगीतलाई प्रवर्धन गर्दै नेपाली सांगीतिक क्षेत्रलाई चलायमान र क्रियाशिल बनाउने उदेश्यले अवार्ड आयोजना गरिएको आयोजक संस्था तुल्सी मिडियाका अध्यक्ष तथा अवार्डका संयोजक नवराज भण्डारीले बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु