• कजिश श्रेष्ठलाई कोरियोग्राफरको अवार्ड

    म्यूजिक खबर
    प्रकाशित: १२ चैत्र २०७८, शनिबार

    काठमाडौं । चर्चित कोरियोग्राफर काजिश श्रेष्ठलाई सर्वोत्कृष्ट कोरियोग्राफरको मनोनयनबाट जुरी अवार्ड प्रदान गरिएको छ । सातौं राष्ट्रि«य लोकदोहोरी अवार्ड २०७८ को सर्वोत्कृष्ट नृत्य निर्देशक (कोरियोग्राफर) को जुरी अवार्ड प्रदान गरिएको हो । नैना रेशम बोलको गीतबाट काजिशलाई अवार्ड प्रदान गरिएको हो । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका संस्थापक अध्यक्ष अम्बर विरही गुरुङ, पूर्व अध्यक्ष बद्री पंगेनी र वर्तमान अध्यक्ष रमेश बिजीको हातबाट उनलाई अवार्ड प्रदान गरिएको हो ।
    म्यूजिक भिडियोको दुनियाँमा काजिश श्रेष्ठको निर्देशन तथा कोरियोग्राफी अन्य निर्देशकहरुको तुलनामा सबैभन्दा बढी भिडियोहरुमा देखिने गर्छ । उनी नेपालका सबैभन्दा बढी महंगो कोरियोग्राफरको रुपमा चिनिने गर्छन् । व्यस्त कोरियोग्राफर श्रेष्ठले राष्ट्रियस्तरमा हुने अवार्डहरुमा धेरै अवार्डहरु चुम्दै आएका छन् भने विभिन्न सम्मानहरु पनि हात पारेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु