• रेनुकाको ‘कलकल बग्ने झरना’ (भिडियो हेर्नुहोस्)

    म्यूजिक खबर
    प्रकाशित: १० असार २०७५, आईतवार

    १० असार, काठमाडौं । पछिल्लो समय नेपाली गीतसंगीतको बजार निकै धरासय बन्दै गएको छ । गीतको बजार धरासय बन्दै आएता पनि बजारमा दिनप्रतिदिन गीतको संख्या निकै थपिँदै आएको छ ।


    त्यस्तै आशिश म्युजिकको प्रालिको प्रस्तुतीमा नवगायिका रेनुका थापाले पनि नयाँ गीत सार्वजनिक गरेकी छन् । उनलेलोक तथा दोहोरी एल्वम ‘झरना’को ‘कलकल बग्ने झरना’ वोलको गीत सार्वजनिक गरेकी हुन् ।

    नवगायिका रेनुकाको ‘कलकल बग्ने झरना’ गीतमा सुजन लम्सालको शब्द तथा लय रहेको छ ।जसमा गायक यज्ञ बिक र नवगायिका रेनुका थापाको सुमधुर स्वर रहेको छ ।

     

    गीतको म्युजिक भिडियोलाई काठमाडौंको बालाजुस्थित बालाजी फिल्मसमा छायांकन गरिएको छ । एकता फिल्मसको निर्माण रहेको यस गीतको भिडियोलाई निर्देशक तथा कोरियोग्राफर मौसम हिमालीले निर्देशन गरेका छन्, भनेकोरियोग्राफी पनि हिमालीले नै गरेका छन् । जसमा गायक तथा मोडल रामजी खाँण र मोडल पुर्णिमा श्रेष्ठको साथमा अन्य साथीहरुको नृत्य रहेको छ ।
    गीतलाई दुर्गा पौडेलले छायांकन गरेका हुन् भने नविन घर्ती मगरले सम्पादन गरेका हुन् । गीत निकैझड्कीलो र मौलीक रहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु