• जंगमलाई अभिनन्दन, अधिकारी, वली र शर्मालाई श्रुति संगीत सम्मान

    म्यूजिक खबर
    प्रकाशित: २ भाद्र २०७१, सोमबार

    काठमाडौं, २ भाद्र । वरिष्ठ संगीत साधक दीपक जंगमलाई स्वामी नारायणचार्य श्रुति अभिनन्दनद्वारा अभिनन्दन गरिएको छ भने संगीतकार सुरेश अधिकारी, गायिका कोमल वली र गायक हेमन्त शर्मालाई श्रुति संगीत सम्मानबाट सम्मानित गरिएको छ । जंगमलाई २५ हजार ५ सय राशी र अधिकारी, वली र शर्मालाई नगद रु ५ हजार ५ सय राशिसहित सम्मान गरिएको थियो । श्रुति संगीत विद्यालयको ११ औं वर्ष प्रवेशको अवसरमा आयोजना गरिएको एक भव्य समारोहमा उनीहरुलाई अभिनन्दन एवं सम्मान गरिएको हो । सूचना तथा संचारमन्त्री डा.मिनेन्द्र रिजालको प्रमुख आतिथ्यतामा भएको उक्त वार्षिकोत्सव स्रष्टाहरुलाई विगत लामो समयदेखि नेपाली गीतसंगीतको विकास, संरक्षण एवं सम्बद्र्धनमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको श्रुति संगीत विद्यालयका अध्यक्ष नरहरि प्रेमीले बताए । उक्त अवसरमा मन्त्री रिजालले श्रुति संगीत विद्यालयको उत्तरोत्तर प्रगतिको कामना गर्दै आगामी दिनमा सरकारले पनि संगीत क्षेत्रमा विशेष नीति बनाएर अघि बढ्ने प्रतिबद्धता जाहेर गरेका थिए । त्यस्तै विद्यालयका अध्यक्ष प्रेमीले मन्त्री रिजाललाई मायाको चिनो मादल प्रदान गर्दै अब राजनीतिमा पनि तालको आवश्यकता भएको व्यंग्य गरेका थिए । प्रेमीले विगत लामोसमयदेखि श्रुति संगीत विद्यालयले नयाँ नयाँ गायक, गायिकादेखि कला क्षेत्रमा लागेका स्रष्टाहरुको शिक्षामा जोड दिँदै आएको र आगामी दिनमा पनि संगीत शिक्षा प्रदान गरेर उनीहरुको सांगीतिक भविश्यलाई माथि उठाउन विद्यालयले महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए ।

    shruti sangeet shruti

     

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु