• गायिका कोपिला गौतमको तीज गीत ‘नाचौं छमछम छम’

    म्यूजिक खबर
    प्रकाशित: २६ श्रावण २०७९, बिहीबार

    काठमाडौं । तीज पर्व नजिकिँदै गर्दा बजारमा एकपछि अर्को तीज गीत सार्वजनिक हुने क्रम जारी छ । सोही क्रममा गायिका कोपिला गौतमको तीज गीत ‘नाचौं छमछम छम’ सार्वजनिक भएको छ । क्यान्सरजस्तो रोगबाट जीवन–मृत्युको दोसाँधमा पुगेर पनि क्यान्सरविरुद्धको लडाइँ जित्न सफल भएकी उनै गायिका गौतमले यस वर्षको तीजमा चेलीबेटीलाई नचाउन नयाँ गीत ल्याएकी छन् ।

    गायिका गौतमले आफ्नो तीज गीतको भिडियो आफ्नै अफिसियल युट्युव च्यानलमार्फत सार्वजनिक गरेकी हुन् । सार्वजनिक गीतमा शब्द रचना र संगीत गोविन्द मधुर आचार्यको रहेको छ ।

    ‘नाचौँ छम छम छम’को भिडियोमा टिका जैसी र अनु पराजुलीले अभिनय एवं नृत्य गरेका छन्, लोकदोहोरी क्षेत्रका चर्चित कलाकार तथा निर्देशक शंकर बिसीले निर्देशन गरेका छन् ।

    ओजपूर्ण शब्द, संगीत, स्वर र सशक्त अभिनय रहेको गीत सार्वजनिक गरेपछि गायिका गौतमले भनिन्, ‘जीवन साँचे हाँस्न नाच्न पाइदोरहेछ । मरेर कसैले केही लादैन, बाँचुन्जेल कसैलाई नरुवाउँ । सके बरु नचाऔं, हँसाऔं, बचाऔँ ।’

    लोकदोहोरी तथा आधुुनिक गीतसंगीतमा परिचित इलामकी गायिका गौतमले केही बर्षयता तीज लक्षित गीत ल्याउँदै आएकी हुन् । यसअघि उनका पोखरा फेवाताल, आमाले पकाको दर राम्रो, मेरै घरमा बसेर दर खाउँला, चौतारी ताकेर जस्ता लोकप्रिय तीज गीतहरु बजारमा आइसकेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु