‘सालको पातको टपरी’ गाउँदा कुलेन्द्रलाई ‘दर्शककको वान्समोर’ ! (लाइभ भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: १० मंसिर २०७५, सोमबार

पोखरा । पछिल्लो समय निकै चलेको गीत हो, ‘सालको पातको टपरी’ । गीतमा चर्चित गायक कुलेन्द्र विक र बिष्णु माझीले स्वर दिएका छन् ।

गायक कुलेन्द्र विश्वकर्माले यो गीत पोखरामा गाउँदा निकै पटक दर्शकको ‘दर्शककको वान्समोर’को हुटिङ पाएका छन् । समाजिक संजाल युट्यूबमा ७२ लाख बढीले हेरिसकीएको यो गीत नेपाली लोक दोहोरी क्षेत्रमा सर्वाधिक हेरीएको गीत मध्ये एक हो । गीतमा नवराज पन्तको शब्द रहेको छ ।

पोखरामा जारी आदर्श महोत्सवमा कुलेन्द्र बिकले ‘सालको पातको टपरी’ गीत गाउँदा दर्शक गीतमा झुमे । निकै पटक दर्शकको ‘दर्शककको वान्समोर’ पाए । गायक बिक भन्दै थिए यो गीत दोस्रो पटक मात्र लाईभमा गाएको हुँ । दर्शकले दिएको आपार मायाका कारण यो गीत सर्वाधिक चर्चामा रहेको उल्लेख गर्दै यो गीतका सर्जक बसन्त थापालाई धन्यवाद समेत दिए ।

लाइभ भिडियो :

यो पनि पढ्नु होला:

‘जे पनि हुन सक्छ मायामा’ भन्दै टिका र राजेश ! भिडियोमा हेर्नुहोस् !

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु