सालको पात पछी कुलेन्द्र वि.क. र शान्ति रिजालको “फुलमा बस्ने भमरा” मा (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: ८ माघ २०७५, मंगलवार

काठमाडौँ । सालको पात टपरी हुने बोलको गीतबाट थप आफ्नो सांगीतिक यात्रालाई उचाइमा पुर्याएका गायक कुलेंद्र बिस्वकर्माको सुमधुर स्वरमा फेरी अर्को निकै आश लाग्दो गीत बजारमा आएको छ । शान्ति रिजालको प्रस्तुतिमा रहेको उक्त गीत “फुलमा बस्ने भमरा” बोलको रहेको छ । युवा अवस्थामा कसैले कसैलाई मन देखि मन पराउँछ भने उसले जिबनको सारा सर्वस्व उक्त प्रेमी अथवा प्रेमिकालाई सोची रहेको हुन्छ । यस्तै पेरिफेरीमा रहेको यस गीतलाई लय तथा शब्द सिर्जना लोकप्रिय सर्जक कस्तुप पन्तले तयार पारेका हुन् ।

बिगत केहि समय यता नेपाली लोक तथा दोहोरी गीत संगीत क्षेत्रमा क्रियासिल गायिका शान्तिले यस अगी पनि थुप्रै गीतहरु बजारमा ल्याइसकेकी छिन् । आफ्नो गीतको बजार व्यवस्थापन आफैले नै गर्नका निमित्त उनले पछिल्लो समय आफ्नै म्युजिक कम्पनि ओम शान्ति म्युजिक प्रालि पनि संचालनमा ल्याएकी छिन् । यस म्युजिक कम्पनिबाट केहि आधुनिक गीत पनि सार्बजनिक भैसकेको छ ।

शान्तिको भर्खरै बजारमा आएको “फुलमा बस्ने भमरा” बोलको गीतको म्युजिक भिडियो निकै पनि निकै आकर्षक बनेर  सार्बजनिक        भैसकेको छ । सार्बजनिक भएको यस गीतको म्युजिक भिडियोमा राम्जी खाड र तारा कार्कीको अभिनय देख्न सकिन्छ । निश्चल के.सी द्वारा निर्देशित यस गीतको म्युजिक भिडियोलाई छायांकन मुकेश हुमागाईंले गरेका हुन् भने सम्पादन अमृत चापागाईले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु