“अर्गानिक फल” को अर्गानिक स्वाद

म्यूजिक खबर
प्रकाशित: १ मंसिर २०७६, आईतवार

काठमाडौँ । उत्कृष्ट लय तथा शब्द सिर्जनामा विरु कार्कीको नयाँ कोशेली “अर्गानिक फल” भर्खर मात्र सार्वजनिक भएको छ । अत्यन्तै उत्कृष्ट अडियो र सोहि अनुसारको भिडियो समेत निमार्ण गरिएको सो गीतमा मुस्ताङमा पुगेर भिडियो निमार्ण गरिएको छन भने उत्कृष्ट दृश्य गीतमा समावेश गरिएको छ ।
विरु कार्कीको लय तथा शब्द सिर्जना रहेको सो गीतमा विरु कार्की र लोभी आँखा बाट चर्चामा आएकी लक्ष्मी मल्लको आवाज रहेको छ ।
चर्चित लोक तथा दोहोरी गायिका लक्ष्मी मल्ल र गायक बिरु कार्कीको आवाजमा नयाँ गीत “अर्गानिक फल” बोलको गीत आइतबार युट्युबमा सार्वजनिक भएको छ । बिरु कार्कीको नै शब्द संगीत रहेको यस गीतमा चर्चित मोडल तथा कोरियोग्राफर सुनिल क्षेत्री र नायिका तथा मोडल रक्षा श्रेष्ठको अभिनय रहेको छ ।

गीतमा रक्षा र सुनिल अलावा भावना उप्रेती, हरी अधिकारी, मनोज जोसी र बिकास खड्काको पनि अभिनय रहेको छ । लोकदोहोरी गीतमा पनि नेपालको निकै सुन्दर र चिसो ठाउँ मार्फामा खिचिएको यस गीतलाई सुनिल क्षेत्रीले नै कोरीयोग्राफी र निर्देशन गरेका छन् । कृष्ण के.सीको एरेन्ज रहेको गीतलाई अमृत चापागाईको सम्पादन र नवराज उप्रेतीको छायाकंन रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु