सय वर्षअघि महाकवि देवकोटाले लेखेको गजल रेकर्ड, विश्वकीर्तिमानी संगीतकार श्रेष्ठको स्वर र संगीत

म्यूजिक खबर
प्रकाशित: १४ माघ २०८०, आईतवार

काठमाडौँ । सय वर्षअघि महाकवि लक्ष्मीप्रसाद देवकोटाले लेखेको गजल रेकर्ड गरिएको छ । गजलमा विश्व कीर्तिमानी सङ्गितकार सन्तोष श्रेष्ठको सङ्गीत र स्वर रहेको छ । श्रव्य तथा दृश्य रूपमा तयार पारिएको गजल काठमाडौँमा प्रा। डा। कृष्णहरि बराल, महाकवी देवकोटाका छोरा प्रा। पद्मप्रसाद देवकोटा, छोरी अम्विकादेवी रिमाल र गायक तथा सङ्गीतकार श्रेष्ठले लोकार्पण गर्नुभयो ।

कार्यक्रममा महाकवि दवकोटाका छोरा पद्मप्रसादले करिब सय वर्षअघि ूसावित्री सत्य वाणू नामक नाटकमा लेखिएको आफ्ना पिताको सृजनालाई सङ्गीत र स्वरबद्ध गरिँदा खुसी लागेको उहाँले बताउनुभयो ।

सङ्गीतकार तथा गायक श्रेष्ठले महाकविको रचनामा स्वर तथा सङ्गीत दिन पाउनु सौभाग्यको कुरा भएको बताउनुभयो । गीतसङ्गीतको माध्यमबाट केही गर्नुपर्छ भन्ने विचार राखेर नै यो गजलको श्रव्यदृश्य सामग्री बनाएको उहाँको भनाइ छ ।

गजलको भिडिओमा हेम प्रभास अधिकारीको निर्देशन तथा वीरेन्द्र भाट ‘विपिन’को छायाङ्कन र सम्पादन रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु